म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ बिम बनसराका भुपेन्द्र शर्मा उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

बैदेशिक रोजगारीबाट फर्किएर गाउँमै करिब १५ रोपनी क्षेत्रफलमा ब्यवसायिक तरकारी खेती गरिरहनुभएका शर्मालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक समारोहका बिच ७५ हजार रुपैयाँ सहित सम्मानपत्र प्रदान गरिएको हो। यो सम्मानबाट देशभरका ८ जना सम्मानित भएकोमा गण्डकी प्रदेशबाट शर्मा छनौटमा पर्नुभएको हो ।

बि.स २०७३ सालदेखि बिममा सुन्तला, कागती, बोधिचित्त सहित कृषि कर्ममा सक्रिय शर्मालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सम्मान गर्नुभएको थियो । ‘यो सम्मानले मेरो यात्रालाई थप उर्जा दिएको छ, कृषिबाटै समृद्ध नेपाल सम्भब छ’ अगुवा कृषक शर्माले भन्नुभयो ।

Adv

बैदेशिक रोजगारीको सिलसिलामा करिब १० बर्ष दुबैमा बसेर फर्किनुभएका शर्माले बिदेशको यात्रालाई बिट मादैं कृषि क्षेत्रमा लागेको बताउनुभयो । उहाँले गाउँमै उत्पादन गरेको फलफुल र तरकारीबाट बार्षिक रुपमा हुने आम्दानीबाट सन्तुष्ट रहेको बताउनुभयो ।

adv

 

वैदेशिक रोजगारीबाट फर्केका युवालाई मुलुकमा नै रोजगारीका अवसरहरु सृजना गर्न प्रेरित गर्नका लागि यो सम्मानले उर्जा थपिएको शर्माको भनाई छ । विदेश गएर सिकेका ज्ञान र सीपलाई मुलुकभित्रै प्रयोग गरी उद्यमी बनाउनका लागि आवश्यक वातावरण बनाउन र सहुलियत कर्जालाई सहज र व्यवस्थित बनाउन समेत अगुवा कृषक शर्माको सुझाव छ ।

मन्त्रालयले सार्वजनिक गरेको विवरणमा राष्ट्रिय सम्मान तथा पुरस्कारको लागि ८९ जना उद्यमीले पुरस्कारको लागि आवेदन दिएका थिए । विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि २०७६ बमोजिमको पुरस्कार सिफारिस समितिले उद्यमीको स्थलगत निरीक्षण गरेको थियो । म्याग्दीमा कृषि र पशुपालनमा नमुना कृषक बैदेशिक रोजगारीबाट फर्किएका छन् ।

Leave a Reply