एसईई पूरक परीक्षाको तालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक परीक्षा (ग्रेड वृद्धि) को समय तालिका सार्वजनिक गरेको छ। कार्यालयले आज सूचना जारी गर्दै २०८० चैत्र १५ गतेदेखि सञ्चालन भएको एसइईमा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि समय तालिका सार्वजनिक गरेको हो। परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुनेछ।

Previous articleअर्गानिक उत्पादनको बजारीकरण गर्न कालिपुलमा कोसेली घर
Next articleचन्दा सङ्कलन गरेर खेलमैदान निर्माण