भीरबाट खसेर मृत अवस्थामा भेटिएका बेनी नगरपालिका–१ थाड्नेबगरका ४० बर्षिय सन्तोष बोगटीकोे मृत्यु प्रकरणमा साथी एवं व्यावसायिक साझेदार कृष्णबहादुर जिसी (किसान) दोषी ठहर भएका छन् ।  जिल्ला अदालत म्याग्दीका न्यायाधिश प्रकाशप्रसाद पण्डितको इजलासले लापरबाहीपूर्ण काम गरि बोगटीको ज्यान मारेकोमा जिसीलाई दोषी करार गर्ने फैसला सुनाएको हो । असार ३१ गते सजाय तोकिने

फौजदारी संहिताको १८१ नम्बर बुढामा भएको व्यवस्था अनुसार जिसीलाई दोषी करार गरिएको म्याग्दी अदालतका श्रेष्तेदार भोलाराज रेग्मीले बताए । यही असार ३१ गते कति सजाय तोक्ने भन्ने निर्णय हुने छ ।

Adv

लापरबाहीपूर्ण काम गरि ज्यान मार्न नहुने र त्यस्तो कसुर गर्ने व्यक्तिलाई दफा १७७, १७८ र १७९ को अवस्थामा बाहेक ३ देखि १० वर्षसम्म कैद र तीस हजार देखि १ लाख सम्म जरिवाना हुने व्यवस्था रहेको छ । बेनीमा फेन्सी ब्यवसाय गर्ने ४० वर्षीय बोगटी २०७९ चैत ३० गते बिहान बेनी–बाग्लुङ सडकअन्तर्गत खबराको हुलाके डाँडास्थित भिरमा बोगटी मृत अवस्थामा फेला गर्नुभएको थियो । बोगटीको मृत्यु शंकास्पद देखिएपछि आफन्तले २०८० वैशाख १ गते नै जिसीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए ।

Adv

थाङ्ने (आनन्दबगर) स्थित कालीगण्डकी नदीबाट नदीजन्य पदार्थ उत्खनन तथा स्थानीय खेल मैदान निर्माण समितिका पदाधिकारी रहेका बोगटी र जिसी चैत ३० गते बोगटीको मोटरसाइकलमा रत्नेचौरमा पुगेका थिए ।

त्यहाँ मदिरा सेवनगरी मोटरसाइकलमा राति ९ बजे फर्केका बोगटी र जिसी मध्य राति १२ बजे बेनीमा जिसी एक्लै मोटरसाइकल लिएर आई बोगटीको पसलबाहिर पार्किङ गरी हिँडेको रत्नेचौर र बेनीमा भएको सीसीटीभीमा देखिएको थियो।

Adv

एउटै मोटरसाइकलमा बेनी फर्किदै गरेको अवस्थामा मोटरसाइकल घरमा ल्याउँदा परिवारका सदस्यलाई विहान मात्रै जानकारी दिनु, विहान पसल खुलेपछि मृतक र अनुसन्धानमा तानिएका साथीको साझेदारी ब्यवसायमा संलग्न डोजरका चालक पसलमा जानु, झगडा भएको बयान दिनु, रातको समयमा घटनास्थल आसपासमा एउटा स्कुटर देखिनु, रातो पल्सर बेनीतिर फर्किनुपर्नेमा रत्नेचौरतिर फर्किएको अवस्थामा पैदलयात्रीले देख्नु, सम्पर्कविहिन भएपछि रातीको समयमा खोजीकार्यमा सक्रिय नहुनु, विहान मृतकको शब भेटिएपछि परिवारलाई पहिलोपटक जानकारी दिनु, खोजीकार्यमा ढिलाई हुनु जस्ता गतिविधि भएको भन्दै घटनालाई शंकास्पद देखिएको थियो।

बोगटीको मृत्यु शंकास्पद देखिएपछि आफन्तले गत २०८० वैशाख १ गते नै जिसीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए । रत्नेचौरको एक होटलमा रहेको सीसीटिभी फुटेज, रत्नेचौर–बेनीको सडक दूरी र समयावधि तथा बेनीको नगरपालिका अगाडि रहेको सीसी क्यामेरा फुटेज हेर्दा बोगटी मृत्यु प्रकरणलाई रहस्यमय हिसाबले हेरिएको थियो। २०८० वैशाख २७ गते तत्कालीन जिल्ला न्यायाधीश कृष्णप्रसाद नेपालको आदेशअनुसार जिसीलाई पूर्पक्षमा राखी अनुसन्धान गर्न कारागार चलान गरिएको थियो ।

Leave a Reply