म्याग्दीमा रहेका छ वटा स्थानीय तहमध्ये बेनी नगरपालिका एक हो । म्याग्दी सङ्घीयताको कार्यान्वयनसँगै एक नगरपालिका र पाँचवटा गाउँपालिकामा बाँडिएको छ । बेनी नगरपालिकामा म्याग्दीको जिल्ला सदरमुकाम बेनीबजार समेत पर्दछ । जिल्लाको मुख्य प्रशासनिक कार्यालयसहित विभिन्न कार्यालयहरु पनि नगर क्षेत्रमा नै अवस्थित छन् ।
वि.सं. २०७९ सालको वैशाख ३० गते सम्पन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनपश्चात् नयाँ जनप्रतिनिधिको टिम आएपछि नगर क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन भैरहेका छन् । त्यसमध्ये ‘घरघरमा स्वास्थ्यकर्मी’ कार्यक्रम मुख्य रुपमा रहेको छ । अहिले तेस्रो वर्षमा प्रवेश गरेको यो कार्यक्रम आम नगरवासीका लागि प्रभावकारी बन्दै गैरहेको छ ।
सँगसँगै हरेक महिनाको १५ गते नगरका प्रत्येक स्वास्थ्यचौकीहरुमा अर्को कार्यक्रम नसर्ने रोगको स्क्रिनिङ क्याम्प समेत सञ्चालनमा छ । यी दुवै कार्यक्रमबाट प्रत्यक्ष रुपमा नगरवासीहरु लाभान्वित भएका छन् । यसै सन्र्दभमा स्वास्थ्यसँग सम्बन्धित दुईवटा कार्यक्रम सञ्चालनबारे नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको भनाइ उहाँहरुकै शब्दमा तल उल्लेख गरिएको छ ।
‘नगरमा सञ्चालित स्वास्थ्य कार्यक्रमको प्रभावकारिता बढ्यो’
सुरत केसी, 
नगर प्रमुख÷बेनी नगरपालिका
बेनी नगरपालिकामार्फत हामीले नगर क्षेत्रभित्र रहेका ज्येष्ठ नागरिकहरुको पहुँचमा कम्तीमा पनि स्वास्थ्यकर्मीहरुलाई पु¥याऔं भनेर घरघरमा स्वास्थ्यकर्मी कार्यक्रम सुरु गरेका हौं । करिब १७ सयजना ज्येष्ठ नागरिकहरुको घरघरमा प्रत्येक स्वास्थ्य संस्थाबाट महिनामा एकपटक स्वास्थ्यकर्मीहरु पुगेर उनीहरुको भाइटल रेकर्डहरु लिनुहुन्छ । उहाँहरुले ज्येष्ठनागरिकको सुगर हेर्नुहुन्छ । प्रेसरको जाँच लिनुहुन्छ ।
अनि उहाँहरुलाई स्वास्थ्य बीमाबाट उपलब्ध गराएका औषधीहरु नियमित रुपमा खानुहुन्छ कि हुँदैन भनेर चेकजाँच गरी खुवाउने प्रयास गर्नुहुन्छ भने बिहान खाने औषधी कुन र बेलुका खाने औषधी कुन भनेर औषधी चिन्न नसक्नेहरुका लागि बट्टाको समेत व्यवस्थापन गरेर औषधी उपलब्ध गराउनहुन्छ । हामीले यो कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि दुई तरिकाले सञ्चालन गर्दै आइरहेका छौं ।
यसमा जो ज्येष्ठनागरिकहरु हिँडडुल गर्न सक्नुहुन्छ, उहाँहरु सबैलाई पायक पर्ने कुनै एउटा ठाउँ, चोक (क्लष्टर)मा जम्मा गरेर स्वास्थ्य परीक्षण गर्छौं भने (क) वर्गका अपाङ्गता भएका नागरिकहरु र हिँडडुल गर्न नसक्ने ज्येष्ठनागरिक तथा अन्य शारिरीक रुपमा अशक्त बिरामीहरुको बेडबेडमा नै पुगेर स्वास्थ्यकर्मीहरु पुगेर स्वास्थ्यको परीक्षण गर्ने व्यवस्था मिलाएका छौं । बेनी नगरपालिका क्षेत्रमा हामीले सुरु गरेको यो कार्यक्रमलाई नेपाल सरकारले पनि कपी गरेर घरघरमा ज्येष्ठनागरिक भनेको छ । भोलि बजेटमा कसरी सम्बोधन गर्छ, त्यो हेरौंला ।
अहिले ज्येष्ठ नागरिकहरुले कम्तीमा पनि बेनी नगरपालिकाले हाम्रो घर नजिकै स्वास्थ्यकर्मीहरु पठाउँछ । वा मेयरको कार्यक्रम लिएर स्वास्थ्यकर्मीहरु आइरहेको पनि भनिरहनुभएको हामीले पाइरहेका छौं । यो हाम्रा लागि अत्यन्तै सकारात्मक कुरा हो, ज्येष्ठनागरिकका लागि नगरपालिकाले घरघरमा स्वास्थ्यकर्मी पु¥याइरहेको छ ।
सँगसँगै हामीले अहिले नसर्ने रोगहरु जुन खानपानको समस्याको कारणले नसर्ने रोगहरुको लागि पनि समस्या देखिएको कारण हामीले प्रत्येक महिनाको १५ गतेलाई ल्यल(ऋयmmगलष्अबदभि म्ष्कभबकभ क्अचभभलष्लन म्बथ ९ल्ऋम्० को रुपमा पनि कार्यक्रम सञ्चालन गरेका छौं ।
विदाको दिनमा पनि हाम्रो स्वास्थ्य संस्था खुल्ने भएकाले यो कार्यक्रम प्रत्येक महिनाको १५ गतेका दिन ४५ वर्षदेखि माथिका नागरिकहरुलाई निःशुल्क रुपमा नसर्ने रोगहरु मुख्यतयाः मुटुरोग, सुगर, प्रेसरलगायत जो हाम्रो व्यक्तिगत आनीबानीका कारण आर्जन गरिन्छ, त्यो रोगहरुको निःशुल्क स्वास्थ्य परीक्षण गर्छौं । र त्यो स्वास्थ्य परीक्षण गर्दा बिरामीहरुमा समस्या देखियो भने उहाँलाई माथिल्लो स्वास्थ्य संस्थामा सिफारिस गर्छौं र स्वास्थ्य समस्या नदेखिँदा पनि नागरिकहरुलाई खानपान, आनीबानी परिवर्तन तथा स्वास्थ्य सचेतनाप्रति सुझाव र सल्लाह दिएर पठाउँछौं । यो पनि एउटा पछिल्लोपटक प्रभावकारी बनेको कार्यक्रम हो ।
अर्को अहिले हाम्रा स्वास्थ्यकर्मीहरुलाई धन्यवाद पनि भन्नुपर्छ । बेनी नगरपालिकामा विगत ३ वर्षदेखि कुनै पनि गर्भवती महिला घरमा सुत्केरी हुनुभएको छैन । उहाँहरु सबै नजिकमा रहेको स्वास्थ्य संस्था, जिल्ला अस्पताल वा अन्यत्रको अस्पतालमा पुगेर सुत्केरी हुनुभएको छ । यसमा पनि हाम्रा स्वास्थ्यकर्मीहरु घरघरमै पुगेर अनुगमन गर्नुभएको छ । सुत्केरीपछि पनि उहाँहरुलाई ९ महिनासम्म आमा र बच्चाको नियमित अनुगमनको साथमा खोपलगायत स्वास्थ्य अवस्थाको जानकारी लिने र अनुगमन गर्ने गरिएको छ । यो पनि नगरपालिकाको एउटा प्रभावकारी कार्यक्रमको रुपमा रहेको छ ।
‘यो कार्यक्रम प्रत्यक्ष रुपमा नागरिकसँग जोडिएको छ’
ज्योति लामिछाने, नगर उपप्रमुख
घरघरमा स्वास्थ्यकर्मी कार्यक्रम जो ज्येष्ठनागरिक स्वास्थ्य संस्थासम्म आउन सक्नुहुन्न उहाँहरुका लागि भनेर हामीले यो कार्यक्रम सञ्चालनमा ल्याएका हौं । यो कार्यक्रममार्फत प्रत्येक महिना हाम्रा स्वास्थ्यकर्मीहरु ज्येष्ठ नागरिकहरु सबैको घरघरमा अनिवार्य रुपमा पुग्ने गरी कार्यक्रम तय गरिएको छ । यसले आम रुपमा ज्येष्ठ नागरिकहरुलाई नगरपालिकाले सञ्चालन गरेको कार्यक्रमको प्रोत्साहन भैरहेको छ । यस कार्यक्रमलाई स्वयं ज्येष्ठ नागरिकहरुले पनि राम्रो मान्नुभएको छ ।
ज्येष्ठ नागरिकहरुको घरघरमा स्वास्थ्यकर्मीहरु जाँदाखेरी उहाँहरुलाई रेगुलर फ्लोअफ गर्नेदेखि कुन औषधी खाइरहनुभएको छ, कुन औषधी बिहान वा बेलुको खाने हो त्यसलाई छुट्याएर राख्नेदेखि स्वास्थ्यकर्मीहरुले त्यो गराइदिने वा सिकाइदिने भएर पनि यो कार्यक्रमको प्रभावकारिता बढेको छ । यो प्रत्यक्ष रुपमा नागरिकसँग जोडिएको कार्यक्रम भएर पनि हामीले निरन्तरता दिएका छौं । नगरवासीहरुले कार्यक्रमबाट स्वास्थ्यलाभ लिइरहनुभएको छ ।
हामीले बेलाबेलामा नियमित रुपमा अनुगमन गरी राय, सल्लाह र सुझाव लिएर कार्यक्रमलाई थप परिस्कृत गरी अगाडि बढाउने कोसिस गरिएको छ । यस्ता कार्यक्रमबाट प्रत्यक्ष रुपमा खासगरी लक्षित समूह तथा आम रुपमा भन्ने हो भने नगरवासी नै प्रत्यक्ष रुपमा लाभान्वित भैरहेका छन् । आगामी दिनमा पनि नागरिकसँग प्रत्यक्ष रुपमा जोडिने यस्ता खालका कार्यक्रमहरुलाई हामीले निरन्तरता दिँदै जानेछौं ।
‘नगरवासीले स्थानीय सरकारको अनुभूति गरिरहेका छन्’
नेत्रप्रसाद पौडेल
प्रमुख प्रशासकीय अधिकृत
चालु आर्थिक वर्षमा सञ्चालित कार्यक्रमहरुमध्ये एउटा अनुकरणीय कार्यक्रमतर्फ घरघरमा स्वास्थ्यकर्मी कार्यक्रम पर्दछ । नगरपालिकाको वडाहरुमा त्यहाँ रहेका स्वास्थ्य संस्थामा कर्मचारीहरुको प्रभावकारी व्यवस्थापन गरिएको अवस्था छ । स्वास्थ्य संस्थामा त्यति कर्मचारीको अभाव पनि छैन । हाम्रो प्रत्येक महिना दुईवटा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन भैरहेका छन् । एउटा घरघरमा स्वास्थ्यकर्मीहरु गएर प्रत्येक ज्येष्ठनागरिकको स्वास्थ्य परीक्षण गर्ने र अर्को नसर्ने रोगहरुको पनि प्रत्येक महिना स्वास्थ्य संस्थाहरुमा स्क्रिनिङ क्याम्प हुँदै आएको छ । यी कार्यक्रमले गर्दा बेनी नगरवासीले स्थानीय सरकारको प्रभावकारी अनुभूति गरिरहेको अवस्था छ । ज्येष्ठनागरिकहरुका लागि हामी उपचार गर्छौं ।
कतिपय अवस्थामा कस्तो हुन्छ भने त्यो सचेतनाको अभावले गर्दा पनि होला, रोग त विभिन्न खालको हुन्छ नि । रोग त रोग नै हो । मानिसहरुले नबुझेको कारणले गर्दा घरमै रोग पालेर बसिरहेको अवस्था रहेको छ । त्यसमा आर्थिक अभाव पनि, सचेतनाको अभावले गर्दा पनि रोगको प्रकृतिअनुसार कतिपय अवस्थामा पनि समाजले मलाई के भन्ला ? कसो भन्ला ? अझ मलाई होच्याउलान् कि भनेर मान्छेले त्यहीँ थामेर बसिरहेको हुँदोरहेछ । त्यो हाम्रो कार्यक्रमले गर्दा त्यस्ता रोगीहरुको पहिचान भएर उनीहरुलाई समयमै उपचार गरेर स्वास्थ्यलाभ लिएको अवस्था छ । अर्कोतिर धेरै मान्छेहरुलाई नसर्ने रोग लागेको अवस्था पनि छ ।
सबै मानिसहरु नियमित रुपमा स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्य चेकजाँच गर्ने हाम्रो कल्चर पनि छ्रैन । हामी बिमारी भएर विस्तारमा पल्टिरहेको अवस्थामा मात्रै वा हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेपछि मात्रै स्वास्थ्य संस्थामा जाने चलन छ आम रुपमा । तर हाम्रो घरघरमा स्वास्थ्यकर्मी र नसर्ने रोगको स्वास्थ्य चेकजाँच कार्यक्रमले समग्र बेनी नगरपालिकावासी स्वास्थ्य संस्थामा पुगेर चेकजाँच गरी आफ्नो स्वास्थ्य अवस्था पत्ता लगाउन यी दुईवटा कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको देखिन्।

Leave a Reply