अविरल वर्षापछिको बाढीपहिरोले म्याग्दीको सदरमुकाम जोड्ने सडक सम्पर्क टुटेको छ । म्याग्दीबाट राष्ट्रिय राजमार्ग जोड्ने बेनी–जोमसोम सडक, बेनी–बागलुङ सडक बिच्छेद भएको छ ।

बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेतको पहिरोले पश्चिम म्याग्दीको मंगला, मालिका, धवलागिरी गाउँपालिकाको सडक सञ्जाल पुरै बिच्छेद भएको छ भने जिल्लाका ग्रामिण क्षेत्रका सडकको ठाउँठाउँमा पहिरोले आउजाउ गर्ने यात्रुलाई सास्ती भएको छ ।

बेनी–जोमसोम–कोरला सडक अन्तर्गत बैसरी लगायत म्याग्दीखण्डका करिब आधादर्जन स्थानमा पहिरो खसेको छ । मुस्ताङलाई सडकसञ्जालमा जोड्ने एकमात्रै सडकसम्पर्कविच्छेद भएको छ भने पोखरा–जोमसोम हवाई मार्ग समेत सहज छैन । म्याग्दीको बेनीजेखि मुस्ताङको जोमसोमसम्म ७६ किलोमिटर दूरी छ।

सडकखण्डमा पहिरोसँगै माथिबाट खसेको पानीले यात्रा निकै जोखिमपूर्ण बनाएको छ । बर्षा नरोकिएसम्म अवरुद्ध भएका कुनैपनि सडक खुलाउन सम्भव छैन । सडकखण्डमा बर्षासँगै माथिबाट निरन्तर रुपमा ढुंगामाटो खसिरहेकोले तल सडक खुलाउन सम्भव नभएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए । जिल्लाभित्र र बाहिर जाने यात्रु भारी बर्षासँगै सडक अवरुद्ध हुदाँ यात्रु अलपत्र परेका छन् ।

Leave a Reply