लगातार परेको वर्षाका कारण म्याग्दी र पर्वत बेनी भएर बग्ने कालीगण्डकी नदीमा पानीको बहाव बढेको छ । कालीगण्डकीको मुहान मुस्ताङ र उत्तरी म्याग्दीमा भिषण बर्षासँगै शनिबार कालिगण्डकी नदीमा पानीको सतह ह्वात्तै बढेको हो । नदीमा पानीको बाहब बढेसँगै नदी आसपास क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन अपिल गरिएको छ ।

पानीको सतह बढेपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीले तटीय, नदी आसपास क्षेत्रमा दाउरा तथा बालुवा संकलन गर्न जानेलाई सचेत रहन आग्रह गरेको छ । पानीको बहाव बढेसँगै मुस्ताङ, म्याग्दी र पर्वतको तटीय क्षेत्र उच्च जोखिममा पर्ने गर्छ ।

पानीको सतह बढेको बेला नदीबाट काठलगायतका वस्तु निकाल्न किनारमा नजान सचेत गराइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको भनाई छ । सदरमुकाम बेनी हुदैं उत्तरी म्याग्दी र मुस्ताङ जोड्ने बेनी जोमसोम सडकखण्डबाट खसेको बाढीपहिरो र राहुघाट नदी र खोल्लाखोल्सीको बाहबका कारण समेत तटिय क्षेत्र कटानको जोखिममा छ ।

Leave a Reply