म्याग्दीको सदरमुकाम बेनीको न्युरोड र अस्पताल चोकमा रहेको पिस साइन व्युटी होम एण्ड ट्रेनिङ सेन्टरलाई ब्यूटिसियन सम्बन्धि कक्षा सञ्चालन गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट सम्बन्धन प्राप्त गरेको छ ।

म्याग्दीमा सिपमूलक व्यवसाय सञ्चालन गर्ने जनशक्ती उत्पादनका लागि सक्रिय रहेको पिस साइनले अब ब्यूटिसियन कोर्ष अन्तरगत भर्ना अभियान सञ्चालन गरेको हो । कम लगानी, व्यवसायप्रतिको बढ्दो आकर्षण र बैदेशिक रोजगारीमा जाने यूवतीहरूलाई अब झनै सहज हुनेसञ्चालिका प्रमिला जोशी श्रेष्ठले बताइन्् ।

‘यो म्याग्दीका लागि राम्रो अवसर हो,अब सरकारी अनुमित प्राप्त जनशक्ती उत्पादनसँगै रोजगारीमा पनि सहज हुन्छ’ सञ्चालिका जोशीले भनिन् । पछिल्लो समय आर्थिक अवस्था कमजोर भएका, रोजगारीको खोजीमा रहेका र ब्यवसाय नै सञ्चालन गर्ने चाहने किशोरीको लागि व्युटीपार्लर आर्कषणका केन्द्र बनेको छ । विगत १७ बर्षदेखि बेनीमा सञ्चालित ट्रेनिङ सेन्टरले बार्षिक करिब डेढ सयभन्दा बढीलाई तालिम दिने गरेको छ ।

सिटिइभिटीको कोर्षलाई अन्तराष्ट्रियस्तरमा समेत मान्यता दिने गरिन्छ । जिल्लाभित्रै ब्यवसाय सञ्चालन तथा बैदेशिक रोजगारीमा गएर समेत आर्कषक कमाइ हुने भएकाले पछिल्लो समय किशोरीहरुको आर्कषण छ । सौन्दर्य मानिसको एक गहना भएकाले बेरोजगार महिला तथा किशोरीहरुलाई सिप सिकाएर रोजगारको सिर्जना गरी आत्मनिर्भर बनाउने म्याग्दीमा स्थानीय तहले समेत ब्यूटिपालर तालिम दिने गरेको छ ।

Leave a Reply