म्याग्देली कलाकार बिजुन खत्रीले ‘मायाको आरती’को म्युजिक भिडियो सार्वजनिक भएको छ । माया प्रेमसँग सम्बन्धित गीतमा गायक खत्री र गायिका समिक्षा अधिकारीको स्वर रहेको छ ।

नेपालका चलेका मोडेल सुनिल क्षत्री र प्रिंयका कार्कीको मुख्य अभियन रहेको गीतमा माया र प्रेमको अन्तरबस्तुमा केन्द्रित छ। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान म्याग्दीका सचिव समेत रहेका गायक खत्रीले गीत यूवापुस्तालाई केन्द्रित भएपनि सबै उमेर समुहकाले मन पराउनेमा विश्वास ब्यक्त गरे ।

‘गीतमार्फत रचनात्मक प्रतिक्रियाको अपेक्षा गरेको छु, आगामी दिनमा थप सहज हुने गरी अहिलेसम्म प्राप्त प्रतिक्रियाबाट उत्साहित छु’ गायक खत्रीले भने । गतबर्ष “बेनीको बजार” सालैजो गीत सार्वजनिक गरेका गायक खत्रीले फरक फरक स्वादका संगीतका पारखीलाई सहज हुने गरी काम गर्ने बताए । यस गीतको लय तथा शब्द भने राजेन्द्र खत्रीको रहेको छ । गायक खत्री म्याग्दीमा लोकदोहोरी तथा गीतसंगीतको क्षेत्रमार्फत सामाजिक एवम् मानवीय सेवाका कार्यहरुमा समेत सक्रिय छन् ।

Leave a Reply