बर्षा र लेदो आउने क्रम रोकिए तीन दिनदेखि अवरुद्ध म्याग्दीका प्रमुख सडकहरू आजदेखि खुलाउने काम सुरू गरिने भएको छ ।

पश्चिम म्याग्दी जोड्ने बेनी दरबाङ सडकखण्डको फापरखेत र बाङ्गेपहिरो र जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङस्थित जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गुा गाउँपालिका–२ र ३ मा पर्ने सिरुवारी र बैसरीमा बर्षा रोकिए पहिरो पन्छाउने प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए । उनले अहिले बर्षा रोकिएको अवस्थामा आवतजावत सहज बनाउन निर्देशन दिएको बताए ।

शनिवार बिहानैदेखि सवारीसाधन आवतजावत बन्द भएको थियो । सडक खुलाउन पनि उपकरण परिचालन गरिने र सामान्य पहिरो तत्काल पन्छाउने गरी सडकको ठेकेदारलाई तयारी अवस्थामा राखिएको छ । सडक अवरुद्ध हुदाँ बेनी–जोमसोम सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्री समस्या परेका छन् ।

बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेत नजिकको घुमाउने भीरको ठाढो खोल्सोमा आएको पहिरो र गेगर सहितको लेदोले सडक अवरुद्ध हुदाँ पश्चिम म्याग्दी र बागलुङ क्षेत्रबाट आउनेलाई निकै सास्ती भएको छ । यसैबीच जिल्लाका ग्रामिण क्षेत्रको यात्रालाई समेत बर्षा रोकिएपछिको अवस्थामा मर्मत गर्ने स्थानीय तहले तयारी गरेका छन् ।

Leave a Reply