default

म्याग्दीको पौराणिक स्थल पछैमा रावण पार्क (उद्यान) निर्माणमा सर्वोच्चले अवरोध गरेको छ । सर्वोच्च अदालतले रावण पार्क र प्रतिमा नराख्न अन्तरिम आदेश जारी गरेको हो । आइतबार न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले यस्तो आदेश दिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उद्यन मन्त्रालयसँगको साझेदारीमा बेनी नगरपालिकाले वडा नम्बर ५ मा उद्यान निर्माणको कार्यसँगै रावणको मुर्ती समेत ल्याएको अवस्थामा सर्वोच्चले रोक्न आदेश दिएको हो ।

उक्त परियोजनामन्त्रालय र नगरपालिकाको ७०÷३० को सहकार्य रावणको मूर्तिसहित पार्क निर्माण भइरहेको थियो ।
२०७७ सालमा सुरु भएको काम बिचमा केही समय रोकिएपनि पछिल्लो समय निर्माण कार्य चलिरहेको थियो ।

पार्कमा रावणको ६ मिटर अग्लो मूर्तिसमेत बनाइने, पुलहाश्रममा रहेका ऋषिमुनि मन्दिर, हवन कुण्डलगायतका संरचनालाई संरक्षण गरी पार्क बनाउने योजनासहित नगरपालिकाले योजना अगाडि बढाएको थियो ।

उक्त योजनाविरुद्ध पर्वतका केदारनाथ दासले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, बेनी नगरपालिका, पुलत्स्य–पुलाहश्रम क्षेत्र विकास कोषलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए ।

निर्माण गर्न लागेको रावणपार्क निर्माणको कार्य तत्काल नरोकिएमा गैर संवैधानिक रुपमा राष्ट्रको रकम खर्च भई दुरुपयोग हुन जाने र वासिन्दाले पवित्र तीर्थस्थल पूण्यभूमिको संरक्षण संवर्धन र पूजासेवा गर्दै आएको तपस्या खण्डित हुने र धार्मिक एवं सामाजिक सद्भाव समेत खल्बलिने भई निवेदकको निवदेनको औचित्य समाप्त हुने भन्दै मुद्दाको अन्तिम किनारा नभएसम्म पार्क निर्माण गर्ने अन्तरिम आदेश जारी गर्न माग गर्दै दासले असार १८ गते सर्वोच्चमा निवेदन दिएका थिए ।

default

बेनी नगरपालिकाको गौरवको आयोजना रहेको रावण पार्कलाई नगरपालिका निर्वतमान मेयर हरिकुमार श्रेष्ठ र हालका मेयर सुरत केसीले प्राथमिकताका साथ अगाडी बढाएका थिए । रावण उद्यान बनाउन गत भदौमा काठमाडौको धर्मा एस कास्यप जेभीले गत सोही महिनामा रु. एक करोड ७६ लाख ७७ हजार ५६३ मा ठेक्का सम्झौता गरेको थियो।

पर्यटन मन्त्रालयले दुई करोड ११ लाख र नगरपालिकाले एक करोड १४ लाख बिनियोजन गरेर ठेक्का आव्हान गरेको अवस्थामा अहिले रावणको मुर्ति, बगैचा, बिश्राम स्थल लगायतका पुर्बाधार तयार भइरहेको थियो । चौध रोपनी क्षेत्रफलमा फैलिएको पुलह पुलत्स्य क्षेत्रको चार रोपनीमा सो उद्यान बनाउन लागएको हो ।

हालको मन्दिर, हवन कुण्ड, रावणको नाबी गाडेको ठाउँलाई यथावत राखेर पूर्वाधार बनाइने भएको छ ।रामायणको पाँचौ अध्यायमा रावणको जन्म पछैमा भएको उल्लेख छ । पुलह, पुलत्स्य र भरत ऋषिले पछैमा तपस्या गरेको रामायणमा ब्याख्या गरिएको छ ।

पछैमा पौराणिक महत्व झल्कने किसिमको रावणको आकर्षक मुर्ति राख्ने, बगैचा निर्माण, नाबी गाडेको लगायत ठाउँको संरक्षणका लागि पुर्बाधार र दुई सय मिटर कालोपत्रे गर्ने योजना छ ।

यो बेनी नगरमा आन्तरिक तथा बाह्य हिन्दु धर्मालम्बीलाई भित्राउने महत्वपूर्ण परियोजना थियो । मुक्तिनाथ प्रवेशद्वार गलेश्वर, पुलाचौरको पछै, जगन्नाथ र टोड्के क्षेत्रलाई समेटेर धार्मिक कोरिडोर बनाउने योजनाको काम समेत अगाडी बढाउने तयारी भइरहेको थियो ।

विश्वकमा अति पवित्र तीर्थस्थलमा 
श्रीमद्भागवत महापुराणको सप्तम स्कन्दको अध्याय १४ को दण्डकका अनुसार पुलस्त्य पुलहाश्रम क्षेत्र विश्वका अति पवित्र १५ तीर्थस्थलमध्ये एक मानिन्छ। पुराणप्रसिद्ध ३ ऋषिहरू पुलह, पुलस्त्य र विश्रवा म्याग्दी पुलाको पछैमा अध्ययन र चिन्तनमनन गर्दै बसेको पुराणमा उल्लेख छ। पुराणप्रसिद्ध ३ ऋषिहरू पुलह, पुलस्त्य र विश्रवा म्याग्दी पुलाको पछैमा अध्ययन र चिन्तनमनन गर्दै बसेको पुराणमा उल्लेख छ ।

पुराणका अनुसार विश्रवा ऋषिको छोरा रावणको जन्म यही पुलस्त्य आश्रममा नै भएको उल्लेख छ। सत्ययुगमा पुलह र पौलस्त ऋषिले यहाँ तपस्या गरेर हवन (यज्ञ) गर्न लाग्दा पानी पर्न थालेको उल्लेख पाइन्छ। ऋषिद्वयले इन्द्रसँग प्रार्थना गरेर यज्ञ सम्पन्न भएपछि मात्र वर्षा गराउन आग्रह गरेपछि धेरै समयपछि मात्र पानी परेको शास्त्रमा वर्णनमा समेत पढ्न पाइन्छ। ओढारभित्र यज्ञका अवशेष चरु भेटिनुले पनि यो ठाउँको महत्व उजागर गरेको स्थानीयको भनाइ छ। पौलस्त्य मन्दिर नजिकै रावणको नाभी गाडिएको ढुंगा (पत्थर) समेत छ। पछैमा दक्षिण भारत, भुटान र श्रींलकाबाट आएका धार्मिक तिर्थयात्री जोखिम मोलेर पैदल तथा सडक सञ्जालबाट पुग्ने गरेका छन्।

Leave a Reply