म्याग्दी प्रवासी नेपाली संघ (मोना) पोर्चुगलको आयोजनामा खुल्ला यूरोप स्तरीय भलिबल प्रतियोगिताको सम्पन्न भएको छ । अक्षय कोष स्थापनार्थ अल्भलाद लिस्बनको खेल मैदानमा सम्पन्न भएको प्रतियोगिताको पुरुषतर्फ मोना पोर्चुगल प्रथम, जम्मुजिरा समूह उपविजेता भएका छन् । त्यस्तै प्रतियोगितामा महिलातर्फ टोरेस भेडेरास समूह प्रथम, मोना पोर्चुगल दोस्रो भएका छन् ।

पुरुष भलिवलतर्फ बेस्ट पिलिएर याम केसी, बेस्ट बलोकर इन्द्र कार्की, बेस्ट इम्पाइकर योगेन्द्र गुरुङ, बेस्ट सेतर चन्द्र घर्ती, बेस्ट लिब्रो शोबित राना भएका थिए । त्यस्तै महिला भलिबलतर्फ बेस्ट प्लेयर पृती बुढा, बेस्ट स्पाइकर पासाङ ह्यालमु शेर्पा भएका थिए ।

प्रथम हुनेले २५०० यूरो, ट्रफी मेडल र प्रमाणपत्र, दृतीय हुनेले १५०० यूरो, ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै महिलातर्फ प्रथम हुनेले ८०० यूरो, ट्रफी मेडल र प्रमाणपत्र, दृतीय हुनेले ४०० यूरो, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगी सबैलाई प्रमुख अतिथि पोर्चुगलका लागि पर्यटन दूत रमेशराज बास्तोलाले प्रमाणपत्र र ट्रफी प्रदान गरे ।

मोनाका अध्यक्ष नर फगामी मगरको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली समन्वय समितिका पूर्व सदस्य रविन अधिकारी, पूर्व आइसीसी सदस्य सूर्य हमाल, जनजाती महासंघ पोर्चुगलका अध्यक्ष चोपकुमार मगर, मोना आइसीसी सदस्य रविन पुन, प्रवासी नेपाली एकता समाजका अध्यक्ष रुपक पौडेललगायत उल्लेख्य विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

खेल कार्यक्रम संयोजक इन्द्र रोका, संस्थाका महासचिव तेजेन्द्र छन्त्यालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । खेलका प्रमुख रेफ्री फुनुरु शेर्पालगायत रेफ्रीहरुबाट खेल प्रतियोगिता भएको थियो। सेमी फाइनलमा मोना र टमु समाज प्रतिष्पर्धामा उत्रिएका थिए । त्यस्तै सेकेन्ड म्याचमा स्यांजा र कम्पोलेक्स र तेस्रो म्याचमा टोरेस र जम्बुजजिरा सहभागी थिए ।

त्यस्तै महिला सहभागीतर्फ पहिलो म्याचमा टोरेस र मोना ,दोस्रो म्याचमा दर्शन नेपाल र अन्नपूर्ण म्याग्दी, सहभागी थिए । प्रतियोगितामा पुरुषतर्फ मोना, आल्गाराब, भिजन, अप्टिका, खुखुरे पार्क, बाग्लुङ, स्यांजा, क्याम्पोलिस, म्याग्दी काली (मोना), तमु, जम्बुजिरा टिम सहभागी थिए । प्रतियोगितामा सहभागी हुन पुरुष टिमले ३५० र महिलातर्फ १५० यूरो दर्ता शुल्क तय गरिएको थियो । प्रतियोगितामा पुरुषतर्फ १२ टिम र महिलातर्फ ६ वटा टिम सहभागी भएका थिए ।

Leave a Reply