गएको जेठ २८ गते देशमा मनसुन भित्रिएयता बाढी, पहिरो, चट्याङलगायत मनसुनजन्य विपदबाट ज्यान गुमाउनेको सङ्ख्या ७४ जना पुगेको छ ।

विपदका कारण काठमाण्डौ उपत्यकामा एक जना, कोशी प्रदेशमा १८ जना, मधेस प्रदेशमा तीन जना, बागमती प्रदेशमा चार जना, गण्डकी प्रदेशमा २२ जना, लुम्बिनी प्रदेशमा १८ जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा चार जना गरी ७४ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै पाँच जना बेपत्ता छन् भने ८८ ना घाइते भएका छन् ।

बाढीको कारण एक सय ६१ घर डुबानमा परेका छन् । ९४ वटा घर, ५३ वटा गोठ, ४१ वटा पुल, एउटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । तीन सय ३५ वटा पशु चौपायको मरेका छन् । मनसुनजन्य विपदका घटनाबाट दुई हजार दुई सय ९६ घर परिवार विस्थापित भएका गृह मन्त्रालयले जनाएको छ ।

Leave a Reply