नेकपा एमाले म्याग्दीले ‘मनसुनजन्य विपद्को पूर्वतयारी र प्रतिकार्य’ लाई प्रभावकारी बनाउन जिल्लास्तरीय ‘क्विक रेस्पोन्स टिम’ बनाएको छ । मंगलबार पार्टी कार्यालय हाँडेभीरमा आयोजित बैठकमा वर्षायाममा बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपका कारण प्रभावितलाई सघाउने उद्देश्यले रेस्पोन्स टिम गठन गरिएको हो ।

एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुबेदीको संयोजकत्वमा गठन भएको ‘क्विक रेस्पोन्स टिम’मा पदाधिकारी, जिल्ला कमिटी सदस्य, गाउँपालिका कमिटीका अध्यक्ष, विभिन्न जनसङ्गठनका प्रमुखहरूलाई राखिएको छ ।

क्विक रेस्पोन्स टिम’ले जिल्ला, पालिका र वडास्तरसम्मको संयन्त्रलाई परिचालन गर्ने नेकपा एमालेका अध्यक्ष सुबेदीको भनाई छ । ‘विपद्को पूर्वतयारी र प्रतिकार्यमा राज्यसँग हातेमालो पनि गछौं, हामीले वडास्तरसम्म पार्टीका जनशक्ती परिचालन गरी तत्काल राहत तथा उद्धारमा जुट्नेछौ’ अध्यक्ष सुबेदीले भने ।

उनले म्याग्दीका ६ वटै स्थानीय तह र ४५ वडामा टिम तयार गरिने बताए । जिल्ला कमिटि सदस्य वडास्तरसम्मको टिममा बसेर विपद्जन्य गतिविधिमा प्रत्यक्ष सहभागी हुनु्पर्ने छन् । यता प्राकृतिक प्रकोपमा पीडित भएकालाई तत्काल सहयोग गर्ने गरी जिन्सी र नगद समेत संकलन गर्ने गरी विपद् कोष समेत बनाइएको छ ।

नागरिकको जीउधनको सुरक्षा, घाईतेको उपचार तथा विस्थापितलाई तत्काल अल्पकालिन पुर्नस्थापनाका साथै अति आवश्यक सामान उपलब्ध गराउनुपर्नेमा बैठकले जोड दिएको छ। बैठकका नेकपा एमाले गण्डकी प्रदेशका अध्यक्ष नवराज शर्मा, गण्डकी प्रदेशका सदस्य हरिकृष्ण श्रेष्ठ,नेकपा एमालेका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष, विभिन्न जनसङ्गठनका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply