CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 88

अखिल नेपाल फुटबल संघ (एन्फा)ले गण्डकी प्रदेशमा यू–१७ वर्षमुनिको खुल्ला छनौटमा म्याग्दीबाट ४ जना छनौट भएका छन् । गण्डकी प्रदेशमा सम्पन्न भएको छनौटमा म्याग्दीबाट सुभग सुबेदी, सुझाव बानियाँ, पवन खत्री र सुमन पुन मगर काठमाडौंमा हुने सेन्ट्रल सेलेक्शनका लागि छनौट भएको म्याग्दी फुटबल संघका अध्यक्ष कुमार बानियाँले बताए ।
संघका अध्यक्ष बानियाँका अनुसार म्याग्दीबाट गण्डकी प्रदेशमा छनौटका लागि १० जनालाई पठाइएको थियो ।

गण्डकी प्रदेशका ११ जिल्लाबाट आएका धेरै खेलाडीहरू मध्ये म्याग्दीका ४ जना छनौट भएको बताउँदै काठमाण्डौमा पनि छनौट भए फुटबल खेलमा म्याग्दीले थप सफलता प्राप्त गर्ने अध्यक्ष बानियाँको भनाई छ । एन्फाले मित्र राष्ट्र भूटानमा सञ्चालन हुने यू–१७ वर्षमुनिका खेलाडीको खुला छनोट खेल साउन २५– ३२ सम्म सञ्चालन गर्ने छ । यस छनोट खेलमा पर्न सफल हुने खेलाडीहरुले सिंदै आफ्नो राष्ट्र नेपाललाई प्रतिनिधि गर्दै देशको लागि खेल्ने छन्।

खेलका लागि खेलाडी ०६४ पुस १७ देखि ०६७ पुस १६ सम्ममा जन्मेको हुनुपर्ने अखिल नेपाल फूटबल संघ एन्फाले जनाएको छ । म्याग्दीबाट छनौट भएका खेलाडी मध्य ३ जना म्याग्दीमै बसोवास गर्दै पढ्दै र खेल्दै आएका छन् भने १ जना खेलाडी म्याग्दी घर भएता पनि हाल पोखरामा बस्दै आएका छन्। सुभग सुबेदी भर्खर सम्पन्न एन्फा यू –१६ युथ लिगमा मनाङ मर्स्याङ्दी क्लब बाट डेब्यु गरेका थिए। उनले बेनी स्थित माउण्ट एभरेष्ट मा. विमा पढेका थिए भने अहिले पोखराको प्रतिभा माविमा पढ्दै आइरहेका छन्।

Leave a Reply