माध्यमिक शिक्षा परीक्षा (एसइई)मा म्याग्दीको धवलागिरी गाउँपालिकाबाट उत्कृष्ट हुने एक छात्रलाई नेकपा एमाले धवलागिरी गाउँपालिका कमिटीले नगद सहित सम्मान गरेको छ ।

एसइइमा ३.४ जिपिए ल्याउने धवलागिरी–४,मुदीस्थित बुद्धि विकास माविका कुमार विकलाई नगद ३ हजार सहित सम्मानपत्रले सम्मान गरिएको हो। बिहिबार मुनामा आयोजित कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य नेकपा एमाले जिल्ला कमिटी सदस्य देबबहादुर थापा, मदन मल्लले सम्मान गदैं आगामी शैक्षिक यात्रामा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

एमाले गाउँपालिकाका अध्यक्ष प्रगति कार्कीले पढाइमा उत्कृष्ट भएपनि आर्थिक अवस्था कमजोर भएकै कारण थप उच्च शिक्षाका लागि समेत छात्रबृत्तीको पहल भइरहेको बताए ।

सम्मान कार्यक्रममा बुबा जितबहादुर विकले छोराको उच्च शिक्षाको सपना पूरा गर्ने बताए । उनले मजदुरी र सहयोग जुटाएर भएपनि छोरालाई राम्रो शिक्षादीक्षा दिने बताए । यसैबीच सम्मानित भएपछि कुमार विकले उच्च शिक्षाका लागि अनुकुल वातावरण भएमा आफुँले राम्रो पढ्न सक्ने बताए ।

Leave a Reply