पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका-७,ताकममा पहिरोमा घर पुरिँदा एक दम्पत्तीको ज्यान गएको छ। माथिबाट पहिरोको ढिस्को खसेर घर पुरिँदा तुलप्रसाद र उनकी श्रीमती बालकुमारी न्यौपानेको मृत्यु भएको स्थानीय गोपाल आचार्यले जानकारी दिए ।आवार खोलामा मृतक न्यौपाने दम्पत्तीको एक्लो घर थियो । घटनास्थलमा ताकम प्रहरीचौकीका प्रहरी, स्थानीयबासी, जनप्रतिनिधि सहितको टोली पुगेको छ । मृतक न्यौपानको मुल घरमा क्षती नभएपछि नजिकै रहेको अर्को सत्ने कोठीमा पहिरोले पुरिएको थियो । गएराति म्याग्दीमा भिषण बर्षा भइरहेको छ । म्याग्दी, राहुघाट र कालीगण्डकी नदीमा पानीको सतह बढेको छ ।

Leave a Reply