---Advertisement---

पोखरामा पहिरोले घर पुरिँदा एकै परिवारका ७ जनाको मृत्यु

On: July 12, 2024 7:58 AM
Follow Us:

पहिरोले घर पुरिँदा पोखरामा एकै परिवारका सातजनाको मृत्यु भएको छ।कास्की प्रहरीका प्रवक्ता डिएसपी बसन्तकुमार शर्माका अनुसार पोखरा महानगरपालिका १९ पुरुन्चौरका कुलबहादुर परियारको घर गयराति करिब ११ बजेरित पहिरोले पुरिएको थियो।

अविरल वर्षापछिको पहिरोले घर पुरिँदा ४६ वर्षका कुल बहादुर परियार, ४३ वर्षकी मनकुमारी परियार, ८५ वर्षकी लक्ष्मी परियार र १५ वर्षकी प्रसाना परियारको मृत्यु भएको उनले बताए। उक्त पहिरोमै परेर चितवन घर भइ पोखरा माइत आएकी २० वर्षकी प्रभा परियार र उनका श्रीमान् २५ वर्षका पश्मित परियार र अर्की एकजना महिला ५६ वर्षकी राधिका परियारको पनि मृत्यु भएको प्रवक्ता शर्माले बताए। पहिराले पुरिएका अन्य २ जनाको उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएको डिएसपी शर्माले जानकारी दिए।