klx/f]df a]kQfsf] vf]hL ul/Fb}bdf}nL -tgx'F_, @# c;f/M tgx'Fsf] z'Snfu08sL gu/kflnsf–& sfp/]df zlgaf/ klx/f]n] 3/ k'l/P/ a]kQf ePsfsf] cfOtaf/ laxfg vf]hL ul/Fb} . klx/f]df k'l/P/ a]kQf Ps dlxnfsf] zj e]l6Psf] 5 eg] b'O{ hgf a]kQf 5g . tl:a/M s[i0f Gof}kfg]÷ /f;;

असार १ गतेदेखि हालसम्म भएका मनसुन्य विपद्का घटनामा गण्डकी प्रदेशमा ३८ जनाको मृत्यु भएको छ । बाढी पहिरोलगायत घटनामा ज्यान गुमाउनेमा २१ महिला र १७ जना पुरुष रहेका गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार उक्त अवधिमा ८२ वटा मनसुनजन्य विपद्का घटना भएका छन् । सबैभन्दा बढी कास्कीमा पहिरोमा परी १४ जनाको मृत्यु भएको कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।  उनका अनुसार मनसुनी विपद्का घटनामा परी स्याङ्जामा सात, लजमुङमा पाँच, तनहुँमा चार, बागलुङमा तीन, म्याग्दीमा दुई, पर्वतमा दुई र नवलपुरमा एकजनाको मृत्य भएको हो ।

गएराति पहिरोका घटना परी कास्कीमा ११ र म्याग्दीमा दुईजनाको मृत्यु भएको थियो । मनसुनजन्य विपद्का घटनामा आठ महिला र १७ पुरुष गरी २५ जना घाइते भएका छन् । ७६ जना विस्थापित भएका प्रहरी वरिष्ठ उपरीक्षक रेग्मीले जानकारी दिए । विपद्का कारण झण्डै दुई करोड बराबरको भौतिक क्षति भएको छ ।

सबैभन्दा बढी कास्कीमा २३ मनसुनजन्य विपद्का घटना भएका प्रहरी प्रवक्ता रेग्मीले बताए । उक्त अवधिमा गोरखा र मुस्ताङमा विपद्का घटना भएका छैनन् । उनका अनुसार स्याङ्जामा १२, पर्वतमा १०, नवलपुरमा ६, बागलुङमा चार, लमजुङ आठ, मनाङमा एक, म्याग्दीमा आठ र तनहुँमा आठ विपद्का घटना भएका छन् । रासस

Leave a Reply