वर्षेनी २५ लाख टन भोगौलिक रुपमा कमजोर रहेको म्याग्दी जिल्लामा प्राकृतिक प्रकोपजन्य समस्याहरुः भू–क्षय, बाढी, पहिरो तथा नदिकटानले गर्दा बर्षेनी ठुलो धनजनको क्षति हुने गरेको छ । भिरालो जमिन, कमजोर भू–वनोट, भूमिगत जलप्रवाह, अव्यवस्थित भलपानी, ग्रामिण सडक विस्तार, परापुर्वकालदेखि वग्दै आएको खोल्साखोल्सीको वहावमा परिवर्तन हुनु जस्ता समस्याहरुका कारण जिल्लाका अधिकांश वस्तिहरु बाढी तथा पहिरोको उच्च जोखिममा रहेको छ ।

लामो समयदेखि म्याग्दीमा कार्यरत मिश्रका अनुसार म्याग्दी जिल्लाको ६१ प्रतिशत भू–भाग ६० डिग्रीभन्दा बढी, ३६ प्रतिशत भू–भाग १–६० डिग्री भिरालोपना रहेको छ भने केवल ३ प्रतिशत भू–भाग मात्र समथर रहेको छ ।

क्षेत्रफलको हिसाबले २ हजार २ सय ९७ दशमलव ६ वर्ग किमिओगटेको जिल्लामा छोटो समयमा हुने अधिक मनसुनी बर्षा, भूकम्पीय कम्पन्न तथा भौगर्भिक हलचलका साथै जमिनहरु प्राकृतकि रुपमा खिईदै जानु,भिरालो पाखाहरुमा रहेका ठुला रुख प्रजातीका वनले गर्दा पानी पर्दा भूमिगत पानीका कारण भिरालो जमिनहरु भासिनु जमिनमा धांजाहरु पर्नु र अन्त्यमा पहिरो जाने गरेको वरिष्ठ भू तथा जलाधार संरक्षण अधिकृत एवम् भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका कार्यालय प्रमुख दिवाकर पौडेलले बताए ।

‘म्याग्दीमा विकासले विनाश निम्त्याएको छ,‘हरेकबर्ष नयाँ पहिरो थपिदैं गएको छ, अब वातावरणमैत्री कार्यलाई प्राथमिकता नदिए भविस्यमा ठूलो क्षतीको समाना गर्नुपर्ने अवस्था आउन सक्छ’ प्रमुख पौडेलले भने। उनका अनुसार म्याग्दीमा नदी प्रणालीको रुपमा हेर्दा म्याग्दीखोला, कालीगण्डकीखोला र रघुगंगा गरी मुख्यतया ३ वटा जलाधार क्षेत्र रहेका छन् जसले जिल्लाको क्रमशः ५५ प्रतिशत, ३० प्रतिशत र १३ प्रतिशत जलाधार क्षेत्र ओगटेको अवस्थामा बर्षेनी २५ लाख १५ हजार ७ सय ६० दशमलव २० टन माटो भू–क्षयको रुपमा वगेर गएको बताए ।

भू तथा जलाधार व्यवस्थापन कार्यालय, पर्वतको कार्यक्षेत्र रहेका म्याग्दीको अन्नपुर्णा गापाबाट ८ लाख ५५ हजार १ सय ७३ टन, रघुगंगा गापाबाट ३ लाख ५० हजार ४ सय ६८ दशमलव १० टन, वेनी न.पा.बाट ३१ हजार १ सय ३७ टन, मंगला गापाबाट ३३ हजार ४ सय ६६ टन, मालिका गापाबाट १ लाख ३ हजार २ सय ३० टन, धवलागिरी गापाबाट ८ लाख ९६ हजार ४ सय दशमलव १० टन र ढोरपाटन शिकार आरक्षबाट २ लाख ४५ हजार ८ सय ८६ टन प्रति बर्ष माटो विभिन्न खोलानाला हुदै बगिरहेका छन्। ४२० वर्ग किमिदेखि १७३ वर्ग किमिको विचमा रही ७ वटा उप–जलाधार क्षेत्रमा विभाजन गरी प्राथमिकता निर्धारण गरिएको छ ।

जसअनुसार १) ढोरखोला (ढोरपाटन शिकार आरक्ष र धवलागिरी गापाको केही भाग), २) म्याग्दीखोला–१ (धवगागिरी गापा), ३) म्याग्दीखोला–२ (धगापा. र रघुगंगा गापा),४) राहुघाट खोला (रघुगंगा गापा), ५) म्याग्दीखोला–३ (वेनी नपा, मंगला गापा, मालिका गापा), ६) कालीगण्डकी नदी (अन्नपुर्णा गापा) र ७) मिरिस्ती खोला (अन्नपुर्णा गापा) रहेका छन् ।

म्याग्दीमा दशक अगाडीका ठूला पहिरो नियन्त्रणका लागि न्यून बजेट सम्भव नभएकाले दिर्घकालिन योजना बनाउन पटकपटक माग गरिएपनि सुनुवाइ भएको छैन ।प्राकृतिकजन्य विपत्तका लागि न्यून बजेटका साथै म्याग्दी जिल्लामा प्रयाप्त जनशक्ती सहितको दरबन्दीको अभावले समेत प्रभावकारी काम हुन सकेको छैन ।

उच्च जोखिमयुक्त सदरमुकामको रुपमा रहेको बेनीबजार संरक्षणका लागि पर्खाल बनाइएपनि स्काभेटरको प्रयोग गरी नदीको गर्भ खन्दा नदीले धार परिवर्तन गरी नदी गहिरिएको छ । कंक्रिट पर्खालले कटान रोक्ने भन्दै प्राकृतिक रुपमा नदीभित्र जमेर बसेका ढुंगा फुटाएर गरिएको अपारदर्शी मोडेलका कारण सदरमुकाम बेनी कालिगण्डकी र म्याग्दी नदीको जोखिममा छ ।

सुरक्षित जीवनका लागि वातावरणमैत्री काम गरौं
दिवाकर पौडेल
म्याग्दीको कमजोर भू–वनावट, भू–सतहको अत्यन्तै भिरालोपन, अत्यधिक वर्षालगायत अवैज्ञानिक भू–उपयोगले गर्दा जलाधार क्षेत्रले चुनौती थपेको छ। वातावरणमैत्री विकास निर्माणका काम नहुदाँ बस्ती आसपासका क्षेत्रमा बाढीपहिरोले सताइरहेको छ । ढुंगा, गिट्टी, बालुवाको अवैज्ञानिक र विना मापदण्ड उत्खनन् गर्दा नदी कटान, धार परिवर्तन, तटबन्ध भत्किने तथा डुवानको जोखिम छ । कमजोर भू–वनावटका कारण कालिगण्डकी, म्याग्दी र राहुघाट नदीको कटानले बजार क्षेत्र जोखिममा छ । जलाधारको माथिल्लो क्षेत्र भिरालो भएकाले पानीको बहावमा अत्यधिक हुन्छ ।

म्याग्दीमा ठूला र पूराना पहिरो नियन्त्रण बाहिर छन् । हरेक बर्ष नयाँ पहिरो थपिदाँ भविस्यमा थप चुनौतीको सामाना गर्नुपर्ने बाध्यता छ ।म्याग्दीको ग्रामिण क्षेत्रका बस्ती भिरालो जमिनमा भएकाले वातावरणमैत्री योजनाहरू बनाउने र कार्यान्वयनका एकरुपता आवश्यक छ । २ हजार दुई सय ९७ दशमलव छ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको म्याग्दीमा ३६ प्रतिशत भू–भाग १–६० डिग्री भिरालोपना छ ।

बाढी, पहिरो तथा नदी कटानजन्य समस्यालाई समाधान गर्न ग्रामीण सडक निर्माण गर्दा बायो–इन्जिनियरिङ प्रविधिमा अधारित सडक पाखो संरक्षण, अनियन्त्रितरुपमा बग्ने भलपानीको उचित व्यवस्थापनका लागि भल तर्काउने कुलेसो, जलाधार संरक्षण पोखरी निर्माण गर्नुका साथै जिल्लाभित्र रहेका ठाडो÷खहरेखोलाको जलाधार क्षेत्रमा भएको भू–क्षयलाई नियन्त्रण गर्न आवश्यक छ ।

अर्कोकुरा विकासभन्दा महत्वपूर्ण कुरा सुरक्षित जीवन भएकाले जनताका ज्यान जाने र भौतिक क्षती हुने गरी अवैज्ञानीक तरिकाले हतार–हतार गरिएको विका कदापि दिगो हुन सक्दैन ।
पौडेल भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका प्रमुख हुन् ।

 

Leave a Reply