इंग्लिस टिमलाई पराजित गर्न निको विलियम्स र मिकेल ओयरजबालले एक/एक गोल गरे।
पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा दोस्रो हाफको ४७ औं मिनेटमा लामिन यमालको पासमा निको विलियम्सले गोल गर्दै स्पेनलाई सुरूवाती अग्रता दिलाएका थिए।
७३ औं मिनेटमा कोल पाल्मरले बराबरी गोल फर्काएपछि इंग्ल्याण्ड खेलमा फर्किएको थियो।
८६ औं मिनेटमा मार्क कुकुरेलाको पासमा मिकेल ओयरजबालले गोल गरेपछि स्पेन उपाधि नजिक पुगेको थियो।
स्पेनले जारी युरोकपमा अपराजित रहँदै उपाधि जितेको हो।
समूह चरणमा इटाली, क्रोयशिया र अल्बानियालाई पराजित गर्दै नक आउट चरणमा प्रवेश गरेको स्पेनले नक आउटमा जर्जिया र क्वाटरफाइनलमा जर्मनीलाई पराजित गरेको थियो।
स्पेन सेमिफाइनलमा फ्रान्सलाई हराउँदै फाइनल पुगेको थियो। इंग्ल्याण्डले पहिलोपटक युरो च्याम्पियन बन्ने मौका गुमाएको छ।
युरोकपमा स्पेनको यो चौथो उपाधि हो। यसअघि सन् १९६४, २००८ र २०१२ मा स्पेनले युरोकपको उपाधि जितेको थियो।