Gold Price In Nepal

स्थानीय बजारमा सोमबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४६ हजार ९०० रुपैयाँ कायम भएको हो।।

छापावाल सुनमा रुपैयाँ २ सयले बढेर तोलाको १ लाख ४६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ २ सयले बढेर तोलाको १ लाख ४६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन तोलाको १ लाख ४६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १० ले बढेर तोलाको १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय ७५ रुपैयाँमा काराबार भएको थियो ।

Leave a Reply