---Advertisement---

प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ

On: July 15, 2024 1:32 PM
Follow Us:

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

आइतवार राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।

उनलाई राष्ट्रपति पौडेलले संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त गरेका हुन्।

नेपाली कांग्रेससँग सहमति गरेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्त्वको सरकारबाट बाहिरिँदै ओली नयाँ प्रधानमन्त्री बनेका हुन्।

गत असार २८ मा प्रतिनिधि सभामा विश्वासको मत नपाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए।