????????????????????????????????????

बेनी नगरपालिकाको चालु आर्थिक बर्ष २०८०÷०८१ मा विकास निमार्ण तर्फको पूँजीगत ८४.९९ प्रतिशत बजेट खर्च गरेको छ । पूँजीगत तर्फ रहेको १८ करोड ७७ लाख ६० हजार रपियाँ बजेट मध्य १५ करोड ९५ लाख ७२ हजार ४८० रुपियाँ बजेट खर्च भएको हो ।

सोमबार बेनी नगरपालिकाले वडा नम्बर ९ को गलेश्वरमा आयोजना गरेको तेस्रो चौमासिक सम्ममा भएका विकास निर्माण तथा सेवा प्रवाहका सम्बन्धमा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन अनुसार चालु तर्फ ८९.७१ प्रतिशत बजेट खर्च भएको उल्लेख गर्नुभएको छ ।
उहाँका अनुसार चालु तर्फ विनियोजन भएको ५४ करोड ५४ लाख ७२ हजार ६ सय ५७ रुपियाँ मध्य ४८ करोड ९३ लाख ३५ हजार दुईसय पाँच रुपियाँ बजेट खर्च भएको छ ।

????????????????????????????????????

यसैगरी चालु आर्थिक वर्षमा संचालनमा रहेका ३ सय ३९ योजना मध्य पाँचवटा कार्यान्वयन नभएको र वाँकी तीनसय ३४ वटा योजना सम्पन्न भएको उहाँले जानकारी गराउनुभएको थियो । आन्तरिक आम्दानी तर्फ ४ करोड ५४ लाख ५० हजार रुपियाँ अनुमान गरिएकोमा ४ करोड १० लाख ४७ हजार नौसय ९४ रुपियाँ (९० प्रतिशत)संकलन भएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले सार्वजनिक सुनुवाई कार्यक्रममा जानकारी गराउनुभएको थियो ।

????????????????????????????????????

चालु आवमा आर्थिक विकासतर्फ विनियोजन भएको ३ करोड १२ लाख ८५ हजार ४ सय ७५ रुपियाँ बजेट मध्ये २ करोड ५७ लाख ८१ हजार पाँचसय ३२ रुपियाँ, सामाजिक विकास तर्फ ४० करोड ७० लाख ८७ हजार चारसय २२ रुपियाँ मध्ये ३८ करोड ५३ हजार चार सय तीन रुपियाँ, पूर्वाधार तर्फ १३ करोड एकलाख चार हजार पाँचसय २५ रुपिया बजेट मध्ये १० करोड ९० लाख दुईहजार नौसय ७५ रुपियाँ, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ दुई करोड ८५ लाख ८९ हजार ८ सय रुपियाँ बजेट मध्ये दुई करोड ५० लाख ६० हजार रुपियाँ र कार्यालय संचालन तथा प्रशासनीक खर्च १३ करोड ६१ लख ६५ हजार चारसय ३५ रुपियाँ बजेट मध्ये १० करोड ८९ लाख ७१ हजार ७९ रुपियाँ बजेट खर्च भएको नगरपालिकाले सार्वजनिक गरेको छ ।

????????????????????????????????????

सार्वजनिक सुनुवाईमा उपस्थित नगरबासीले निर्माणधिन बेनी–अर्थुङ्गे–घतान पाखापानी सडक मध्य बेनीको बेनी नगरपालिकाले संचालन गरेको स्तरोन्नति योजनामा ठेकेदारले ढिलासुस्ती गरेको, फोहोर व्यवस्थापन हुननसकेको, सरकारी सवारीसाधनको दुरुपयोग भएको, चालु खर्च भन्दा पूँजीगत खर्च बढाउनुपर्ने,,बेनीको मिनि रंगशाला निर्माणको काम अधुरो भएको, सवदाह स्थललाई व्यवस्थित बनाउनुपर्ने, महिला उद्यमीहरुले उत्पादन गरेका सामाग्रीहरुको बजारीकरणमा सहयोग गर्नुपर्ने, कर्मचारीलाई दिइने भत्तामा नियन्त्रण गर्नुपर्ने, सहकारीलाई कडाईका साथ निगरानी गर्नुपर्ने,नगरपालिका क्षेत्रमा नदी किनारमा तटबन्ध निर्माण गर्दा नदी किनारका ढुङ्गाहरु निकाल्दा थप कटानको जोखिम बढेको, राघुघाट नदीले गलेश्वर क्षेत्रमा कटान गरेकाले संरक्षणका लागि पहल गर्नुपर्ने, नगरक्षेत्रमा प्रतिवन्ध लगाइएको हुक्कालाई कडाईका साथ अनुगमन र नियमन गर्नुपर्ने र छिमेकी जिल्लाका पालिकाहरुसँग पनि समन्वय गर्नुपर्ने लगायतका प्रश्न र गुनासाहरु सार्वजनिक सुनुवाईमा उठाउनुभएको थियो ।

????????????????????????????????????

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उठेको प्रश्न तथा गुनासाहरुको सम्बोधन गर्नुभएको थियो । उहाँले नगरवासीहरुले उठाउनुभएका विषयहरुलाई गम्भिर रुपमा लिएर आगामी दिनमा नगरपालिका अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
जनताको आधारभूत आवश्यकतामा पर्ने सडक, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रको पूर्वाधार विकासलाई दिगोपन र ब्यवहारिक बनाउन नगरपालिकाल केन्द्रित भएको उहाँले बताउनुभयो ।

????????????????????????????????????

उपप्रमुख ज्योती लामिछानेले नगरभित्रका विकास योजनालाई प्रभावकारी रुपमा सम्पन्न गराउन अनुगमन प्राथमिकता दिएको बताउनुभयो । उहाँले नगरवासीबाट आएका सल्लाह र सुझावहरुलाई सम्पत्तिका रुपमा ग्रहण गरेर कार्यान्वयन गरिँदै अघि बढेको बताउनुभयो ।

मेयर केसीको अध्यक्षता र उपप्रमुख लामिछानेको स्वागतमा भएको पहिलो चरणको कार्यक्रमको संचालन नगरपालिकाका सूचना अधिकारी युवराज थापाले गर्नुभएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रमको दोस्रो चरणमा पत्रकार महासंघ म्याग्दी शाखाका सदस्यहरु ध्रुवसागर शर्मा,ठाकुरप्रसाद आचार्य र देवी जिसीले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा एमालेका नगर कमिटिका अध्यक्ष बेलबहादुर कटुवाल,नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद शर्मा, म्याग्दी उद्योग वाणिज्य संघ संघका वरिष्ठ उपाध्यक्ष राजेश शाक्य, गैससका अध्यक्ष दिपक पौडेल लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधि,कर्मचारी र सर्वसाधरणहरुको सहभागिता रहेको थियो ।

Leave a Reply