म्याग्दीको बेनी नगरपालिका-१०,पात्लेखेतकी हड्डीको क्यान्सरपीडित २१ बर्षिया मनिषा पाईजा (मोनिका) उपचारपछि घर फर्किएकी छन् । ७ महिना भारतको राजिव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरमा उपचारपछि घर फर्किएकी हुन्। डेढबर्ष अगाडी शरीरमा अचानक समस्या देखिएपछि उपचारको क्रममा हड्डीको क्यान्सर भएको चिकित्सकले बताएपछि थप उपचारका लागि भारतमा पुगेकी मोनिका क्यान्सरलाई जितेर घर फर्किएको बेनीअनलाइनलाई बताइन् ।

‘मैले नयाँ जिवन पाएर घर फर्किएको छु,‘उपचारमा सहयोग गर्ने सबैलाई धन्यवाद दिन्छु’ मोनिकाले बेनीअनलाइनलाई भनिन् । उनले स्वदेश तथा विदेशबाट प्राप्त सहयोगले उपचार सम्भव भएको बताउँदै थप ६ महिना नियमित फलोअफका लागि जानुपर्ने बताइन् । ‘निकै अत्यासलाग्दो बसाई’पछि घर फर्किन पाउँदा खुशी लागेको छ, पूर्णरूपमा निको भएपछि पूरानै काममा फकिन्छु’ मोनिकाले भनिन् ।

Adv

उनले क्यान्सर लाग्यो भनेर चिन्ता नलिन तर राम्रोसँग उपचार गर्न सुझाव दिइन् । ‘क्यान्सर रोग लाग्दैमा डर चिन्ता लिन हुँदैन । तर उपचार सुरु गर्नु प¥यो । औषधि नियमित, आत्मबल बलियो बनाउनुपर्छ’ उनले भनिन् ।

चौथो चरणको हड्डीको क्यान्सर विरुद्ध संघर्ष गरिरहेको अवस्थामा सबै तिरबाट प्राप्त साथ र सहयोगलाई समेत औषधीजस्तै मानेको बताइन् । उनले क्यान्सर जितेर नयाँ जीवन पाएपछि क्यान्सर रोकथाम र सचेतनाको क्षेत्रमा समेत लाग्ने बताइन् ।

क्यान्सर हुनुभन्दा अगाडी पाटन एकेडमी अफ हेल्थ साइन्सेजको ब्लर्ड क्यान्सर यूनिटका कार्यरत रजिष्टर नर्स समेत रहेकी मोनिकाले क्यान्सरका लक्षण देखा पर्नासाथ उपचार गरेको खण्डमा मात्र कुनै पनि मानिस सामान्य जीवनमा फर्कन सक्ने बताइन् । हरेक प्रकारका समयमै रोगको पहिचान गर्न सकियो भने तुलनात्मक रूपमा खर्च पनि कम हुने उनले बताइन् ।

क्यान्सरलाई सहजै पराजित गर्न सफल भएकाहरुले नै क्यान्सरका बिरामीको आत्मबल बढाउन सक्ने भएकाल े क्यान्सरको सफल उपचारपछि सामान्य दैनिकीमा फर्किएकाहरुबाट क्यान्सर पीडितको उपचारमा साथ दिनुपर्ने मोनिकाको भनाई छ ।

मोनिकाको उपचारमा आर्थिक समस्या भएको समाचार बेनीअनलाइनबाट प्रकाशित भएपछि ओमकुमारी शान्ति कोष सहित विभिन्न संघसंस्था र पात्लेखेतबाट विदेशमा रहेकाहरूले अभियान सञ्चालन गरेका थिए ।

मोनिकाको उपचारपछि घर फर्किएको खवरले उत्साहित भएको हाल स्पेनमा रहेका समाजसेवी मन रोकाले बताए । ‘हामी सबैको सानो सहयोगले मोनिकाको उपचार सम्भव भयो, अब क्यान्सर लागेकाहरूलाई सन्देश फैलाउने अभियानमा लाग्नुपर्छ’ रोकाले भने ।

नेपालमा क्यान्सर पत्ता लागेपछि सुरू भएको आर्थिक संकलन अभियानमा ६४ लाख ४१ हजार १ सय ४४ रुपैयाँ संकलन भएकोमा ५५ लाख १८ हजार ५ सय रुपैयाँ खर्च भएको मोनिकाका बुबा ओमबहादुरले बताए ।

‘मेरो आर्थिक हैसियतले छोरीको उपचार सम्भव थिएन, सबैतिरबाट सहयोग आउँदा घरको खुसी फर्किएको छ’ ओमबहादुरले भने । उनले उपचारमा संकलन भएको बाँकी आर्थिकले छोरीको फलोअफमा खर्च गर्ने बताए ।

 

Leave a Reply