डिभिजन वन कार्यालय म्याग्दीले जिल्लाका तीन वटा सामुदायिक वन उपभोक्ता समिति र पत्रकारलाई पुरस्कृत गरेको छ । गत आर्थिक वर्ष २०८०÷८१ मा बन क्षेत्रको संरक्षण, ब्यवस्थापन र समुदायमा आधारित गतिविधिमा उत्कृष्ट हुन सफल सामुदायिक वन उपभोक्ता समितिहरूलाई नगद सहित पुरस्कृत सहित सम्मान गरिएको हो ।

मंगलबार डिभिजन बन कार्यालयमा आयोजित कार्यक्रमा प्रथम हुनेमा मंगला गाउँपालिका-५,छिस्वाङस्थित आरुबोट सामुदायिक उपभोक्ता समिति, द्धितिय मालिका गाउँपालिका-६,दिच्यामको पातलठुलो चौर गोजा रातोभी सामुदायिक वन उपभोक्ता समिति र तृतिय स्थानमा बेनी नगरपालिका-५, भीरमुनीको चिप्लरी सामुदायिक वन उपभोक्ता समिति रहेको छ।

प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमश नगद १० हजार ७ हजार, ५ हजार नगद सहित प्रमाणपत्रले प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, डिभिजन बन कार्यालयका प्रमुख विष्णुप्रसाद अधिकारीले सम्मान गरेका थिए ।

सोही अवसरमा पत्रकारिताको माध्यमबाट वन अतिक्रममुक्त अभियान तथा वातावरण संरक्षणमा योगदान पु¥याएको भन्दै पत्रकार महासंघ म्याग्दी शाखाका उपाध्यक्ष हरिकृष्ण गौतम र वन कार्यालयका कर्मचारी गोविन्द सुबेदीलाई प्रशंसापत्र सहित दोसल्लाले सम्मान गरिएको थियो ।

सम्मानितको तर्फबाट आरुबोट सामुदायिक उपभोक्ता समितिका अध्यक्ष नरबहादुर पूर्जाले समुदायको सहकार्यबाटै बन क्षेत्र जोगाउन सकिने बताएका थिए । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख थापाले सामुदायिक बनमा विकास निर्माण् हुदाँ हुने विवादलाई समाधान गरी बन क्षेत्रको संरक्षण र विकासजन्य गतिविधिलाई समेत निन्तरता दिनुपर्ने बताए ।

सम्मान कार्यक्रममा डिभिजन बन कार्यालयका प्रमुख अधिकारीले सामुदायिक वनको संरक्षण र व्यवस्थापन गतिविधिहरूमा आधार मानेर तीन सय १३ सामुदायिक वन उपभोक्ता समितिमध्ये कार्यसम्पादन मूल्याङ्कनका आधारमा तीन वटा उपभोक्ता समितिलाई उत्कृष्ट छनौट गरिएको बताए ।

जिसस प्रमुख थापाको प्रमुख आतिथ्यता, डिभिजन बन अधिकृत चन्द्रमणी सापकोटाको स्वागत र बन अधिकृत रिता खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको कार्यक्रममा पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल सहित पत्रकार र डिभिजन बन कार्यालयका कर्मचारीको उपस्थिती रहेको थियो ।

Leave a Reply