---Advertisement---

कठिन भीरमा मह काढ्दै दोबाका यूवा

On: July 16, 2024 9:15 PM
Follow Us:

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१,दोबाको आङ सिरिङ्ग हुने अग्लो कहालीलाग्दो पहरामा प्रसस्तै भीर मह पाइन्छ । स्थानीय बिकास पुन, बेग राम्जाली, कोपिल पुन, देबेन्द्र पूर्जा र बेग पुनको टोली ज्यानको बाजी राखेर भीरमौरीको महको शिकार गर्दै आएका छन्।

ज्यानको बाजी लगाएर आफ्नो ढाडमा डोरी बाँधी तुरुलुङ्ग झुन्डिए मह शिकारका लागि स्थानीय प्रविधिबाट तयार गरिएको बासको चोयाँ र काठ प्रयोग गरि बनाइएमा भर्याङ(पराङ)मा डेढ झुण्डिएर मह काढ्छन् । दोबाको राम्जा पुन टोल समुहबाट यसबर्ष गाउँको घाँस कुच्चे छहरा,महर्तला भिर,परिम पहरा,गौथली भीर,खोम्सरा पहरा तुर्लुंङ डोरी झुन्डिएर वर्षैपिच्छे मह शिकार गर्दै आएका युवाले पुख्र्यौली पेसा र परम्परा ठान्छन् ।

अक्करे भीरमा जोखिम मोलेर गरिने साहसिक मह शिकारमा निस्किएका युवाहरूले सिजनमा नियमित मह शिकारमा निस्किन्छन्।‘हत्केलामा राखेर डोरी (परङ) मा झुन्डिएर मौरीको चाका नजीक पुगेर मह निकाल्नुपर्छ,‘यूवाहरू अनुभवी भएकाले सहजै निकाल्न सकिन्छ’यूवा बिकासले भने ।

उनका अनुसार बाढीपहिरोको जोखिममा रहेका केही स्थानमा भने स्थगित गरिएको छ ।मह निकाल्न ३ देखि ५ घण्टासम्म लाग्छ । भीर मह काढ्दा परङमार्फत गएका शिकारीले गोलामा धुवाँ झोस्ने भएकाले थोरै गल्ती भएमा ज्यान पनि जान सक्ने भएकाले पूर्वतयारीमा समेत समय खर्चनुपर्छ।

मह निकाल्नका लागि भिरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा शिकारी बाँडिएका हुन्छन्। एक समूहले भिरको माथिबाट तल भुईंसम्म डोरी झुन्डाउँछन् भने भिरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्छन्। ठूलो भिरमा मेहनत धेरै लाग्ने भएकाले एउटा भिरमा दिनभरी खर्चिनुपर्ने यूवा शिकारी बेग राम्जालीको भनाई छ ।

झण्डै ४ सयदेखि १ हजार मिटरको उचाईका पहरामा यसवर्ष ५ सय लिटर मह निकालिएको छ। मह निकाल्ने स्थानीय भाषामा भिरौटे समेत स्थानीय यूवा भएकाले बिक्री भएको मह समुहमार्फत बेचेर यूवाहरूले घरखर्च चलाउने गरेका छन् । दोबाको भीर मह नेपालभित्र प्रतिलिटर ३५ सय रुपैयाँमा बिक्री हुुन्छ भने विदेशमा रहेका नेपालीको समेत रोजाईमा पर्ने गरेको छ । ठूलो भीरमा १० र सानोमा ६ जनाको जनशक्ति ब्यवस्थापन गर्नुपर्छ।

भीर मह काढ्दा परङमार्फत गएका शिकारीले गोलामा धुवाँ झोस्ने भएकाले थोरै गल्ती भएमा ज्यान पनि जान सक्ने भएकाले पूर्वतयारीमा समेत समय खर्चनुपर्छ। सुरुमा हरियो घाँसको धूवाँ मौरी भएको ठाउँसम्म पु¥याईन्छ । धूवाँले मौरी लठ्ठ परेर चाका छाड्छन् अनि मात्र बल्ल शिकारी मह काढ्न थालिन्छ।

भीर मह पाइने आसपासका क्षेत्रमा सुन्दर झरनाहरू भएकाले विदेशी पर्यटकलाई समेत आर्कषित गर्न सकिने स्थानीयबासीको भनाई छ ।बस्तीबाट धेरै टाढा भीरमा क्षेत्रमा पछिल्लो समय भीरमौरीको बथान बढ्दै गएकाले उत्पादनमा बृद्धि भएकाले संरक्षणमा समेत विशेष ध्यान दिने गरेको वडा अध्यक्ष दिलिपकुमार गर्बुजाले बताए।

वडाभित्र रहेका टोलले हरेक बर्ष पालैपालो मह निकाल्ने नियम बनाइएको छ। पछिल्लो समय स्थानीयलाई भीरमा जाँदा आवश्यक पर्ने सुरक्षाको उपकरणहरूमा ध्यान दिन यूवाहरूलाई अनुरोध गर्ने गरिएको वडा अध्यक्ष गर्बुजाले बताए ।

म्याग्दीमा दोबा बाहेक कुईनेमंगले, लुलाङ,गूर्जा, चिमखोला, दग्नाम,दाना, शिख, हिस्तानको दोसल्ले लगायतका स्थानमा भीर मह पाइन्छ। गुलियो र स्वादिलो हुने भीर मह विशेषगरी यौनबद्र्धक, शक्ति र हाडजोर्नीका रोगीका लागि अचुक औषधि मानिन्छ। वसन्त र शरद ऋतु मह शिकारका लागि उपयुक्त समय मानिन्छ। म्याग्दीका सबै बस्तीमा पछिल्लो समय यूवाहरू नै सक्रिय भएपछि भीर महको बिक्री बढेको छ ।

जिल्लाभर करिब ३५ जनाभन्दा बढी भिर मह शिकारी यूवा छन् । भीर मह काढ्न जोखिमपूर्ण भएपनि बजारको कुनै समस्या नभएकाले यूवाहरूको सक्रियता बढेको छ ।स्थानीय तह, वडा, आमा समुहलाई शुल्क तिरेर मह निकाल्ने गरिन्छ । भिरमौरीको संरक्षण तथा आवश्यक जनचेतनामुलक अभियान आवश्यक भएपनि चासो देखाउने गरिएको छैन।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।