Gold Price In Nepal

नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ५० हजार रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेर नयाँ कीर्तिमान कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधवार छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेर १ लाख ४९ हजार ८ सय कायम भएको छ।

यस्तै बुधवार तेजाबी सुन तोलामा १ लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य पनि बुधवार बढेको छ। अघिल्लो दिन तोलामा १ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधवार बढेर १ हजार ८९५ रुपैयाँ कायम भएको हो।

Leave a Reply