म्याग्दीको बेनी नगरपालिका-७,कुरिलाखर्कका स्वर्गीय लक्ष्मण श्रेष्ठको स्मृतिमा गलेश्वरका जेष्ठ नागरिकलाई र बालगृहका बालबालिकालाई खाद्यान्न सहयोग गरिएको छ ।

गत असार ४ गते उपचारको क्रममा स्वर्गारोहण हुनुभएका जिल्ला प्रशासन कार्यालय म्याग्दीका पूर्व कर्मचारी श्रेष्ठकी श्रीमति रत्नकुमारी र जेठा छोरा सन्दिप श्रेष्ठले गलेश्वरमा रहेको गलेश्वर पुलस्त्य पुलह अन्न क्षेत्रमा २३ हजार र बेनीस्थित नेपाल बाल संगठनद्धारा सञ्चालित बालगृहमा ७ हजार बराबरको खाद्यान्न सहयोग हस्तान्तरण गरिएको हो ।

गलेश्वर पुलस्त्य पुलह अन्न क्षेत्रका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुबेदीले सहयोगीमनका धनी स्वर्गीय लक्ष्मण श्रेष्ठको परिवारबाट प्राप्त खाद्यान्न सहयोगलाई आश्रममा बस्ने बृद्धबृद्धा, बटुक विद्यार्थी र तिर्थयात्रामा आउनेलाई निशुल्क भोजन गराउने बताउनुभयो। सोही अवसरमा स्वर्गीय श्रेष्ठका जेठा छोरा सन्दिप श्रेष्ठले स्वर्गीय पिताको गीतसंगितमो रुची तथा आफुँले गरेका कार्यहरुलाई समेत प्रोत्साहन गर्ने गरेको स्मरण गदैं उक्त सहयोग गरेको बताउनुभयो । वार्षिक पुण्य तिथि लगायत अन्य समयमा बुबाको स्मृतिमा विभिन्न रचनात्मक कार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।

Leave a Reply