अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

आफ्नै छोरा-बुहारीले वनमा छाडिदिएका वृद्धको उद्धार

On: July 17, 2024 2:06 PM
Follow Us:
---Advertisement---

मोरङको बेलबारीस्थित वनमा लगेर आफ्नै छोराबुहारीले छाडिदिएका एक वृद्धलाई वन कर्मचारीले उद्धार गरेका छन्। बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रबाट मंगलबार ७० वर्षीय उमेर बताउने जामुनलाल झाँगडलाई चार दिनपछि उद्धार गरिएको हो। वन हेरालु टोलीले उनलाई उद्धार गरी स्थानीय अस्पताल भर्ना गरिएको छ।

बेलबारी–चिसाङ साझेदारी वन समितिका अध्यक्ष दिनेश गिरीले वृद्धको बेलबारी नगर अस्पतालमा उपचार भइरहेको बताए। ‘चार दिन अगाडि नै बीच जङ्गलमा लगेर छाडिदिएका रहेछन्। वन क्षेत्र निगरानीमा गएका साथीहरूले फेला पारी लिएर आउनुभएछ। हाल वृद्धको उपचार भइरहेको छ,’ उनले भने।

वृद्धको शरीरको भागमा चोट देखिएको र धेरै बोल्न सक्ने अवस्था नरहेको बेलबारी नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्तोष विश्वकर्माले जानकारी दिए। बेलबारी नगरपालिका–७, डाङ्गी टोलमा बस्दै आएका वृद्धका छोरा-बुहारीको खोजी भइरहेको वडाध्यक्ष सुनिता चौधरीले बताइन्।