बेनी नगरपालिका-७,बेनीबजारमा अवस्थित बेनी सामुदायिक माविले विगत २ बर्षदेखि विद्यार्थीलाई योग शिक्षा दिने गरेको छ। विद्यार्थीहरुलाई योगका बारेमा जानकारी दिने अभियान अन्तरगत शिविरमा कक्षा ८ का ६० जना विद्यार्थीको सहभागिता रहेको थियो ।

विद्यालयले आधारभुतदेखि मावितहसम्मका विद्यार्थीहरुलाई योगका बारेमा जानकारी तथा हरेक दिन विहान घरमै योगसाधनाका लागि अभ्यास गराउने गराएको विद्यालयकी शिक्षक पवित्रा बोगटी केसीले बताउनुभयो।‘बर्खे विदा अगाडी सञ्चालन गरिएको थियो,अब नियमित विद्यालय खुलेपछि सुचारू हुन्छ’ शिक्षक बोगटीले भन्नुभयो। योग शिविरमा विद्यार्थीहरुलाई योगासन,प्राणायाम,ध्यानजस्ता,सूर्य नमस्कार लगायतका योगाभ्यास गराउने गरिन्छ ।

विद्यार्थीहरूमा प्रत्येक बिहान योग तथा व्यायाम गर्ने बानीको विकास गराउने,उनीहरूको बहुआयामिक प्रतिभा प्रस्फुटन गराउन समयतालिका बनाएर विद्यालयमा दुई महिनासम्म शिविर सञ्चालन गरिने छ ।

विद्यार्थीहरुलाई पठनपाठन तथा स्वस्थ जीवनशैलीका लागि योगसाधना अति आवश्यकता रहेको योग प्रशिक्षक समेत रहनुभएकी बोगटीको भनाई छ । योग शिविरमा सहभागी विद्यार्थीले नियमित योगसाधनाले दैनिक गरिने क्रियाकलापमा सुधार तथा पढाइमा समेत सहयोग पुगेको बताएका थिए । विद्यालयमा विद्यार्थीलाई योग शिविर सञ्चालन गरेपछि अभिभावक समेत उत्साहित भएका छन् ।

विद्यालयका प्रधानाध्यापक दिपक श्रेष्ठले विद्यालयले योग कक्षाका लागि तालिका समेत बनाएर सञ्चालन गरिने बताउनुभयो । प्रअ श्रेष्ठले योगलाई थप ब्यवस्थित बनाउने गरी सबै कक्षाको नियमित पठनपाठनलाई असर नगर्ने गरी योग तालिका बनाउने जानकारी दिनुभयो । विद्यालयमा आधारभुत तहदेखि कक्षा १२ सम्म १२ सय ३१ विद्यार्थी छन् ।

Leave a Reply