लामो समयदेखी बेनीमा अध्यापन गर्दै आएका दीपक अर्यालले ’हाँसो नि झुट’, ’भूपू मायाल’ र ’बुढेसकालको लभ’ शिषर्क गरेका गीतहरु बजारमा ल्याएका छन् । ती मध्ये ’हाँसो नि झुट’ आधुनिक गीत हो भने भूपू मायालु र बुढेसकालको लभ लोकदोहरी हुन् ।

उनको आधुनिक गीतमा शब्द,सङ्गित र स्वर आफ्नै रहेको छ भने एरेन्जर पुस्कर सुनार र रेकडिङ विप्लप अधिकारीको रहेको छ । लोक दोहरी बुढेसकालको लभमा स्वर,शब्द र भाका आफ्नै रहेको छ भने महिला तर्फ रिता केसीले साथ दिइकी छिन । यसमा एरेन्जर पुस्कर सुनार र रेकडिङ विप्लप अधिकारीको रहेको छ ।

त्यस्तै भूपू मायालु गीतमा पनि स्वर,शब्द र भाका आफ्नै रहेको छ भने महिला तर्फ करिश्मा विेसीले साथ दिइकी छिन । यसमा एरेन्जर पुस्कर सुनार र रेकडिङ विप्लप अधिकारीको रहेको छ । यी सबै गीतहरु मेलोडी रेकडिङ स्टेडियो काठमाण्डौं मार्फत आएका हुन् । यी गीतहरुले देखावटी हाँसो, मायालु सङ्गको बिछोड तथा बुढेसकालमा हुने मायाप्रेम आदि कुराहरुलाई प्रस्तुत गरेका छन् ।

Leave a Reply