म्याग्दीको बेनी नगरपालिका–१, रत्नेचौरमा घाँस काट्न गएका एक पुरुष मृत फेला परेका छन्। बिहिबार विहान ६ बजे उपल्लाचौरका ५५ बर्षिय भिमबहादुर थापा ठूलोरानी सामुदायिक बनको चिलाउने बोट भीर क्षेत्रबाट करिब २ सय मिटर तल मृत अवस्थामा भेटिएका थिए ।

Adv

विहानै घाँस काट्न गएपनि घर नफर्किएपछि स्थानीयवासी र प्रहरीले खोजी गर्दा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक राजन रायमाझीले बताए ।  ‘भीरबाट खसेर घोप्टो परेको अवस्थामा मृत भेटिएको खवर आएपछि घटनास्थलमा पुगेका थियौं, मृतकको शब बेनी अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ’ प्रनाउ रायमाझीले भने ।

Adv

प्रारम्भीक अनुसन्धानमा घाँस काट्ने क्रममा भीरबाट लडेको देखिएपनि घट्नाबारे थप छानविन भइरहेको प्रहरीले जनाएको छ । यसैबीच बर्खाको समयमा बर्षातका कारण भिरालो पाखोमा घाँस काट्ने,पदैलयात्राको क्रममा माथिबाट ढुंगा खसेर चोटपटक लाग्ने जोखिम अधिक हुने भएकाले सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ ।

Leave a Reply