म्याग्दीको सदरमुकाम बेनीबजारको न्यूरोडमा शनिबार विहान ५ जना भारतीयमुलका केटाकेटीदेखि बृद्धसम्मले पैदलयात्री र पसलमा सहयोग माग्दै थिए । स-साना बालबालिका सहित माग्दै गरेका महिलाले सर्वसाधारण,पसलदेखि ब्यक्तिको घरभित्र समेत प्रवेश गरेर माग्ने गरेका छन् ।

नेपाल-भारत सिमा क्षेत्रबाट पछिल्लो एकसातादेखि बेनीबजारमा प्रवेश गरेका उनीहरुले ब्यस्त सडकमा समेत माग्दै हिड्न थालेपछि दुर्घटनाको जोखिम समेत बढेको बेनी नगरपालिका–७ न्यूरोडस्थित पिएनपी बेकरी एण्ड क्याफेका सञ्चालक डिएल कँडेलले बताए ।

‘विहानै पसलमा माग्न आउने, नदिए अटेर गर्ने, सडकमै बस्ने समस्या छ, उनीहरूको संख्या थपिदै गएको छ’ कँडेलले भने। उनका अनुसार मैला लुगा लगाएका कलिला बालबालिकालाई समेत प्रयोग गरी माग्ने गरेको बताउँदै केहीले बोलिनन् इशाराले पैसा माग्दै हिँड्दै गरेकाले ब्यवस्थापन गर्नुपर्ने बताए । कसैले हात तान्ने,कसैले कपडा तान्ने तथा कसैले खुट्टा समाएर ढोग्ने गर्दा बाटोमा हिँड्नै असहज भइरहेको छ । सवारी नहेरी सडक पार गर्ने भएकाले दुर्घटनाको जोखिम रहेको समेत बेनीबजारबासीको भनाई छ ।

समूह नै बनेर आएका महिलाहरुको समुह चोरीमा समेत संलग्न हुनसक्ने गुनासो आएपछि बेनी नगरपालिकाको नगरप्रहरी प्रमुख शंकर पौडेलले बेनीबाट जाने सवारीसाधनमा पठाएपनि पुनः फर्किएको बताए ।

Adv

उनले तराई जाने बसमा टिकट काटेर पठाउन खोज्दा समेत जान नमानेपछि अब दबाब दिएरै पठाउन लागेको बताए । अपवादमा कोही असहाय, रोगबाट पीडित हुनसक्ने भएपनि अहिले भित्रिएका भारतीयले बालबालिकालाई समेत प्रयोग गरी माग्ने गरेको नगर प्रहरी प्रमुख पौडेलको भनाई छ ।

Leave a Reply