---Advertisement---

मुना दर गाउँका भिजिन्द्र बुढा पोखराबाट बेपत्ता

On: July 21, 2024 12:01 AM
Follow Us:

पोखराबाट म्याग्दीका एक जना युवक शुक्रबारदेखि बेपत्ता भएका छन् । म्याग्दीको धवलागिरी गाउँपालिका–३ दर गाउँका ३७ बर्षिय भिजिन्द्र बुढा सम्पर्कविहीन भएका हुन् । पोखरा महानगरपालिका वडा नं १५ नयाँ गाउँमा रहेकी बहिनी मनीषा बुढासँग बस्दै आएका भिजिन्द्रकी बहिनी मनिषा औषधी किन्न गएको बेलामा घरबाट बेपत्ता भएका थिए।

दैनिक डिप्रेसनको औषधि प्रयोग गर्ने उनी सम्पर्कविहीन भएको भन्दै खोजी गरिदिन बहिनी मनीषाले अनुरोध गरेकी छिन् ।मनीषाले हराएको बखत रातो रङ्गको टिसर्ट र पहेँलो धर्का भएको कालो ट्र्याक लगाएका थिए ।प्रहरीकोमा रिपोर्ट गरे पनि अहिलेसम्म खवर पत्ता लागेको छैन् । ९८२५१०२४२० र ९८६३०४२१९२ मा सम्पर्क गरिदिन बहिनी मनीषाले आग्रह गरेकी छिन् ।