म्याग्दीको मालिका गाउँपालिका-६,दरबाङकी मनकुमारी परियारको प्रेसरले हानेर दाहिने एकहर नचल्ने भएको छ । प्यारालाइसिस भएकी मनकुमारीको उपचारका लागि छिमेकी जिल्ला बागलुङको बुर्तिवाङबाट आएका श्रीमान रेलप्रसाद परियारले बेनी अस्पतालसम्म पु¥याउनै कठिन भयो ।

पश्चिम म्याग्दीको‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडक अन्तरगत पर्ने बेनी नगरपालिका–४,र मंगला गाउँपालिका–२,सिमानामा रहेको फापरखेतको पहिरोले ११ दिनदेखि सडक अवरुद्ध हुदाँ झोलुङेपुलबाट १० मिनेटको बाटोमा कुरेर बसेका सवारी साधनसम्म पुग्नै १ घण्टाभन्दा बढि लाग्यो ।

हातखुट्टा नचल्ने, रूदाँ समेत हाँसेजस्तै देखिने श्रीमतीलाई सडक अवरुद्ध हुदाँ सडक वारीपारीको यात्रामा करिब २ घण्टा खर्चिए । ‘एउटै सडकले हरेक बर्ष सास्ती दिन्छ,जनताका लागि काम गर्ने जनप्रतिनिधिहरू र कर्मचारीले हाम्रो दुःख देखेनन्’रेलप्रसादले भने । सडक अवरुद्ध हुदाँ बृद्धबृद्धा, गर्भवती, सुत्केरी र बालबालिकालाई निकै सास्ती खेप्नुपरेको छ ।

करिब २ मिनेटको बाटो पहिरोले छियाछिया बनाएपछि सर्वसाधारणले पैदलयात्रासँगै सवारीसाधनले लिने मनपरी भाडा तिरेर गन्तब्यसम्म पुग्न बाध्य छन् ।फापरखेत सडकको भित्तो अहिले नै खस्लाझैँ भएर बसेको छ । चिरा परेको पहाडबाट पहिरो फैलिएको छ ।

पहिरो नजिकै रहेको बस्ती नै जोखिममा परेको छ । बर्खाको समय बाहेक पनि सडक प्रयोग गर्दा सवारीचालक र यात्रु डराइडराई यात्रा गर्न बाध्य छन् ।

मंगला–३ पखेर लुलीयाघाट र वडा नं २ मा पर्ने सिमलचौर जोड्ने म्याग्दी नदीमाथी बेलिब्रिज तथा पखेरदेखि लुलीयाघाट र सिमलचौरको मूल सडक जोड्ने करिब एक किलोमिटर वैकल्पिक सडक निर्माणका अध्ययन समेत गरेका थिए। सडक विभागले फापरखेत–पखेर जोड्ने १०५ मिटर लामो मोटरेबल पुल निर्माण गरेको अवस्थामा सोह क्षेत्रबाट मार्ग ब्यवस्थित बनाउन सकेमा हिउँदमा समेत फापरखेतको पहिरो पन्छाउने झन्झट गर्नुपदैन ।

फापरखेतमा करिब २ सय मिटर सडक पहिरोग्रस्त छ। सडकदेखि साढे दुई सय माथि रहेको पहिरो यसपटक झनै फराकिलो बन्दै पुल आसपासको क्षेमाथि समेत खस्न थालेपछि पुल नजिकै रहेका घर समेत जोखिममा परेको छ ।२४ किलोमिटर दूरीको बेनी–दरबाङ सडकमा नियमित यातायात सञ्चालन गर्न फापरखेत र बाङ्ग्रेपहिरो मुख्य चुनौति बनेको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख बिष्णुप्रसाद पौडेलले बताए।

रेलप्रसाद परियारले प्यारालाइसिस भएकी श्रीमतिलाई उपचारका लागि बेनीतर्फ ल्याउदै । तस्वीर हरिकृष्ण गौतम

Leave a Reply