म्याग्दीमा गत आर्थिक वर्ष आर्थिक वर्ष २०८०÷०८१ मा सवारी कारबाहीबाट साढे ६८ लाख रुपैयाँ बढी राजश्व संकलन भएको छ । एक वर्षको अवधिमा सवारी साधन कारबाहीबाट मा ९ हजार एक सय ५० ठुला तथा साना सवारी कारबाहीबाट ६८ लाख ८८ हजार रुपैयाँ राजश्व संकलन भएको ट्राफिक प्रहरी कार्यालय म्याग्दीका ट्राफिक प्रमुख राजकुमार केसीले बताए।

गत बर्षमा ट्राफिक नियम उल्लघंन गर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, बढी भाडा लिने, रातोपेलेट सवारीसाधनमा मान्छे बोक्ने, तोकिएको मापदण्डभन्दा बढी भार बहन गर्ने ट्रक÷टिपर, बस, कार जिप, ट्याक्टर, मोटरसाईकल लगायतका सवारीलाई कारवाही गरिएको प्रमुख केसीको भनाई छ । ट्राफिक कार्यालयको तथ्याङ्कमा ट्रक÷टिप ७ सय ,बस ४ सय २९ ,कार÷जिप ५१ सय २१,ट्याक्टर ९ सय १३ ,मोटरसाइकल १९सय ८३ र अन्य ४ वटा सवारी साधन कारबाहीमा परेका थिए ।

कारवाहीमा सबैभन्दा बढी कार÷जिप कारबाहीबाट ३८ लाख ६४ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ । जिल्लाभित्र भएको २२ वटा साना तथा ठुला सवारीसाधन सवारी दुर्घटनामा १० जनाको मृत्यु १७ जना गम्भीर घाइते र १३ जना सामान्य घाइते भएका छन् । बर्षभरी सवारी उल्लंघन चाडपर्व तथा विदाको समयमा धेरै हुने गरेको तथ्याङ्कले देखाउँछ । जसमा साउन महिनामा चार लाख तीस हजार,भदौमा चार लाख ४६ हजार ,असोजमा ६ लाख ३५ हजार,कात्तिकमा ९ लाख ३९ हजार रहेको छ ।

असोज र कात्तिक महिना नेपालीको महानपर्व दशैं र तिहारमा सवारीसाधनबाट धेरै राजश्व संकलन भएको छ । त्यसैगरी मङ्सिरमा ६ लाख ८६ हजार ,पुसमा चार लाख २ हजार ,माघमा चार लाख ६८ हजार ५ सय ,फागुनमा पाँच लाख दश हजार ५ सय,चैतमा ६ लाख ५५ हजार ५ सय,वैशाखमा पाँच लाख ७७ हजार ५ सय,जेठमा ६ लाख २८ हजार र असार महिनामा ५ लाख रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

आव २०७९÷०८०मा ट्राफिक प्रहरीले ९ हजार दुईसय सवारी साधनलाई कारवाही गरी ७३ लाख २७ हजार ५ सय र आर्थिक बर्ष २०७८÷०७९ मा ९ हजार ४५० सवारी कारबाहीबाट ६३ लाख ९१ हजार पाँचसय रुपैयाँ राजश्व संकलन भएको थियो ।

पछिल्लो समय सवारीको बढ्दो चापसंगै ट्राफिक नियम उल्लंघन गर्ने संख्या पनि बढी रहेको प्रमुख केसीको भनाई छ । “विगत बर्षभन्दा राजश्व संकलन बृद्धि आएको छ, सचेतनामुलक अभिायान सञ्चालन गर्दा पनि उल्लंघन गर्ने घटेका छैनन’ प्रमुख केसीले भने ।

उनले ट्राफिक नियम उल्लंघन गर्ने सवारीलाई एकहजारदेखि पाँच हजारसम्म जरिवाना शुल्क लिने गरिएको छ । जिल्लामा ट्राफिक जनशक्ती ब्यवस्थापन भएपछि मुख्य रोडहरुमा नियमित अनुगमन तथा चेकजाँच हुने गरेको छ । ट्राफिक प्रहरी कार्यालय म्याग्दीले ९ सय ५५ वटा जनचेतनामुलक कार्यक्रमहरु संचालन गरी ६५ हजार ७ जना लाभाम्वित भएपनि उल्लंघनका घटनामा कमी आउन सकेको छैन ।

Leave a Reply