पर्बत समाज क्रोएशियाद्वारा आयोजित प्रथम भलिबल कप प्रतियोगिताको उपाधि क्रोएशियाले जितेको छ । आइतबार सम्पन्न भएको फाइनलमा कोका भराज्दिनलाई ३–२ को सेटमा हराउँदै मोना च्याम्पियन बनेको हो । मोनाले पहिलो सेट जितेपनि दोस्रो र चौथो सेट गुमाएको थियो । अन्तिम सेटमा खेलको लयमा फर्किदैं आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भएको मोना क्रोएशियाका अध्यक्ष रुपेश सुन्दासले बताए ।

प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो । प्रथम, द्धितियले क्रमश ५ सय, ३ सय यूरो, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए । बिधागत रुपमामा प्र्रतियोगितामा सर्बोत्कृष्ट खिम मगर, बेस्ट सेटर पुष्कर मगर, बेस्ट ब्लकर सुजन बैध
बेस्ट कोच तेज सुन्दास, अनुसासासन मा मोहन सुबेदी रहेको आयोजक पर्वत समाजका अध्यक्ष इश्वर सापकोटाले बताए ।

पछिल्लो समय रोजगारीका लागि आर्कषणको केन्द्र मानिएको क्रोएशियामा भलिबलमा आफ्नो बचश्व कायम गरिरहेको मोनाले ६ वटा जितेको छ भने एकपटक उपविजेता भएको मोना क्रोएशियाका संस्थापक अध्यक्ष रामकृष्ण शर्माले बताए। क्रोएशियामा रहेका म्याग्देलीको साझा संस्था मोनाले खेलकुद सहित विभिन्न कार्यक्रमहरुमार्फत म्याग्देलीलाई मोनामा आवद्ध हुने वातावरण बनाएको छ ।

Leave a Reply