---Advertisement---

सौर्य विमान दुर्घटनामा एकै परिवारका तीन जनाले ज्यान गुमाए

By नागरिक
On: July 24, 2024 4:04 PM
Follow Us:

बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा एकै परिवारका तीन जनाले ज्यान गुमाएका छन्।

पोखराका लागि उडेपछि दुर्घटनामा परेको जहाजमा सौर्य एयरलाइन्सका प्राविधिक मनुराज शर्मा, उनकी श्रीमती प्रिजा खतिवडा र ४ वर्षीय छोरा अधिराज शर्माले दुर्घटनामा ज्यान गुमाएका हुन्।

प्रिजा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सहायक कम्प्युटर अपरेटरको रूपमा कार्यरत थिइन्। मनुराज सौर्य एयरलाइन्समा प्राविधिक थिए।

सौर्य एयरलाइन्सले जारी गरेकाे विज्ञप्तिमा प्रिजा र उनका छोरालाई पनि कम्पनीकै कर्मचारीको रूपमा देखाए पनि उनीहरू यात्रु रहेको खुलेको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता जसोदा सुवेदीका अनुसार पोखरामा सुविधा सम्पन्न ‘ह्याङ्गर’ भएका कारण सौर्य एयरलाइन्सको जहाज प्राविधिक परीक्षण लागि पोखरा उडेको थियो। तर, विमान उडेलगत्तै विमानस्थल क्षेत्रभित्रै दुर्घटनाग्रस्त भएको थियो।

नागरिक