म्याग्दी समाज न्यूर्योकद्वारा गण्डकी प्रदेश सभा सदस्य सदस्य विमला गौचनलाई स्वागत तथा सम्मान गरेको छ । पारिवारिक भेटघाटको सिलसिलामा अमेरिकामा रहनुभएकी सांसद गौचनलाई एक समारोहका बिच स्वागत गदैं म्याग्दीका बारेमा जानकारी सहित अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

समाजका अध्यक्ष रमेश तुलाचन, निर्वतमान अध्यक्ष भबिन्द्र शेरपुञ्जा, बरिष्ठ सल्लाहकार मनप्रसाद रोकाले म्याग्दी जिल्ला विकास निर्माणको तुलनामा अन्य जिल्लाभन्दा पछाडी रहेकाले सबै सांसद एकजुट भएर जिल्लामा आवश्यक पर्ने पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारमुलक क्षेत्रलाई प्राथमिकता दिन अनुरोध गर्नुभएको थियो ।

उत्पादनमुखी क्षेत्रमा बजेट विनियोजन गरी यूवा पलायन रोक्न सकिने भएकाले कृषि, पशुपालन र पर्यटन क्षेत्र मुख्य आधार भएकोमा म्याग्देलीको जोड थियो । उत्पादनमुखी क्षेत्रमा लगानीको वातावरण बनाउँदै बैदेशिक रोजगारीमा जानेको संख्या समेत घटाउने गरी निति बनाउन समेत म्याग्देलीले अनुरोध गरेका थिए ।

सोही अवसरमा सांसद गौचनले विगतका तुलनामा विकास निर्माणका योजनाहरु प्राथमिकतामा रहेपनि सरकारी बजेट प्रयाप्त नभएको बताउनुभयो । उहाँले जिल्लाको दिगो विकास शिक्षा स्वाथ्य रोजगारी खेलकुद जस्ता युवा लक्षीत कार्यक्रममा रचनात्मक भुमिका खेलिरहेको बताउँदै यहाँ प्राप्त सुझावलाई कार्यान्वयन गरी बजेटमा समेत प्राथमिकता दिने बताउनुभयो।

सोही अवसरमा उहाँले सरकारी निकायबाट मात्रै अपुग हुने भएकाले सामाजिक क्षेत्रमा समन्वय गरी म्याग्दी समाजलाई समेत विगतमा जस्तै गतिविधिलाई निरन्तरता दिन अनुरोध गर्नुभएको म्याग्दी समाज न्यूर्योकका रामचन्द्र सापकोटाले जानकारी दिनुभयो । स्वागत तथा भेटघाट र सम्मान कार्यक्रमको सञ्चालन महासचिव चयन्द्र बहादुर थापा क्षेत्री ( प्रकाश )ले गर्नु भएको थियो ।

 

Leave a Reply