म्याग्दीको मंगला गाउँपालिका वडा नम्वर ४ बरंजा आरन निवासी खरिमाया विक परिवारदेखि सम्पर्क विहिन हुनुभएको छ ।
गत असार २९ गते विहान ११ बजेको समयमा घरबाट मंगला ४ धापुङ स्थित माइतीघर जान भनि दुई छोरी सहित निस्कीएकी विक आज सम्म पनि परिवारको सम्पर्कमा आउनुभएको छैन ।
अन्दाजी ३० वर्षिय विक आफ्नो ८ र १० वर्षिय छोरीहरु अनुज्ञा र सदिक्षालाई साथमै लिएर घरबाट बेनी हुँदै माईतीघर जान भनि निस्किएको तर माईतीघर नगएको र घरमा पनि नफर्किएको उहाँका आफन्त सृजना विकले बताउनुभयो ।
“विहान उहाँ छोरीहरुलाई लिएर जानुभयो, बेलुकी मैले फोन गर्दा छोरीले उठायो तर फोन काटिहाल्यो, त्यसपछि मोवाईलपनि अफ छ, कहाँ जानुभएको हो केही पत्तोखवर छैन” सृजनाले भन्नुभयो ।
दुईछोरी सहित वेखवर बनेकी विकलाई घर परिवारले खोजतलास गरिरहेका छन । खोजी गरिदिनका लागि प्रहरीमा पनि उजुरी दिएका छन ।
विकका श्रीमान सुर्ज विक रोजगारको शिलशिलामा विगत ४ वर्षदेखि भारतमा हुनुहुन्छ । दुईछोरी सहितको खरिमायालाई जहाँ भएपनि सम्पर्कमा आउन परिवारले अपिल गरेका छन ।

 

Leave a Reply