---Advertisement---

जलजला गाउँपालिकाद्वारा टोल फ्रि नम्बर सञ्चालन

On: July 25, 2024 10:08 PM
Follow Us:

पर्वत जिल्लाको जलजला गाउँपालिकाले सेवाप्रवाहलाई प्रभावकारी बनाउन आफ्नै टोल फ्रि (फोन गर्दा पैसा नलाग्ने) टेलिफोन नम्बर सञ्चालनमा ल्याएको छ ।

बिहिबार गाउँकार्यपालिकाको कार्यालय लामाखेत्मा गाउँपालिकाबाट प्रदान हुने सार्वजनिक सेवा सुविधाका बारेमा निःशुल्क रुपमा जानकारी पाउन र आफ्ना समस्या तथा गुनासोहरु सहज तरिकले सम्बोधन गर्नका निम्ति टोल फ्रि नम्बर संचालनमा ल्याएको हो।

बिहिबारदेखि पालिकाभित्रका गर्भवती,सुत्केरी,ज्येष्ठ नागरिक,असाहय,गरिब,अपाङ्घता भएकालाई अस्पतालसम्म आवतजावतका गर्न निःशुल्क एम्बुलेन्स सेवा शुभारम्भ गर्ने कार्यक्रममा गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले पैसा नलाग्ने निःशुल्क टोल फ्री नम्बर १८१०५०००१६८ मा गाउँपालिकाबासीलाई कुनै गुनासो, प्रतिकृया, सुझाव, सल्लाह, राय दिन अनुरोध गर्नुभयो ।

उहाँले गाउँपालिका भित्र सेवाप्रवाहलाई प्रभावकारी बनाउन तथा गाउँपालिकाबासीका हरेक समस्याहरू समाधानमा समेत यो सेवाले सघाउने विश्वास ब्यक्त गर्नुभयो ।

गाउँपालिकाले नगरप्रहरी, एम्बुलेन्सका चालक तथा कर्मचारी सहित ८ जनाको सचिवालयमा गाउँपालिकाबासीले टिपोट गरी जनप्रतिनिधि सहित सम्बन्धित वडा, विषयगत शाखामार्फत सम्बोधन गरिने प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले बताउनुभयो ।

गुनासो सुनुवाइ गरी त्यसको व्यवस्थापनका लागि गाउँपालिकालाई थप प्रविधियुक्त र नागरिक सेवामैत्री बनाउन थप आवश्यक उपकरणहरू समेत थप्ने तयारी समेत गरेको आचार्यको भनाई छ । उक्त सेवा २४ घण्टा सञ्चालन गरिने छ । कूल जनसङ्ख्या २१ हजार ११९ रहेको जलजला गाउँपालिकामा ९ वडा रहेको छ भने ८२.२६ वर्गकिलोमिटरमा फैलिएको छ ।