??????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लगाएकी गौशाला–२६ (परिवर्तित नाम) ले उच्च अदालतको फैसलाविरुद्ध पुनरावेदन नगरिदिन आग्रह गर्दै निवेदन दिएकी छन् । काठमाडौं जिल्ला अदालतले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष कैद सजाय सुनाएको थियो ।

जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन गएका सन्दीपलाई उच्च अदालत पाटनले सफाइ दिएको थियो । गौशाला–२६ ले केही दिनअघि उक्त मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिन आग्रह गर्दै उच्च सरकारी वकिलको कार्यालयमा निवेदन दिएको बताइएको छ ।उनले निवेदनमा आफूमाथि बलात्कार नै नभएको र संस्थाको दवाबमा परेर सन्दीपविरुद्ध जाहेरी दिएको उल्लेख गरेकी छन् ।सरकारी वकिलमा दर्ता नम्बर ३३२ रहेको छ ।

हस्तलिखित निवेदनमा भनिएको छ, ‘यो मुद्दा दर्ता भएदेखि नै मलाई मानसिक रूपमा परेको असरको फाइदा उठाउँदै विभिन्न व्यक्ति तथा संस्थाले प्रतिवादी विरुद्ध भ्रमपूर्ण खबर र ममाथि दबाब बढाएका थिए ।

लामो समयदेखि उक्त घटनाको कारण त्रासपूर्ण जीवन बाँच्दै आएको छु । मुद्दाको कारण म त्रासपूर्ण जीवन बाँच्दै आएकी छु । साथै यस मुद्दाले पार्ने दूरगामी असरको बारेमा म अवगत थिइनँ ।

सम्मानित अदालतको फैसलामा लिएका आधारहरूलाई सम्मान गर्दै शान्तिपूर्ण जीवन बाँच्नु मेरो प्राथमिकतामा रहेकाले प्रस्तुत मुद्दाको कारबाही थप अगाडि नबढाउन आग्रह गर्छु ।

गौशाला २६ ले हालेको बलात्कारको मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई दोषि ठहर गरेको थियो । तर, सो फैसला उल्टाउँदै उच्च अदालतले सफाइ दिएको छ । गौशाला २६ ले चाहेमा उच्चको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गर्न सक्छिन् ।

फैसलाको पूर्णपाठ बुझेको ७० दिनभित्र पुनरावेदन गर्न सकिने प्रावधान रहेको छ । गौशालाले आफ्नो निवेदनमा फैसलाको पूर्णपाठ आफूले अध्ययन गरिसकेको बताएकी छन् ।

 

Leave a Reply