ग्राण्ड फिनाले आउन एक साता बाँकी रहदाँ लोकप्रिय सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०२४’ को प्रतिस्पर्धामा रहेकी म्याग्दीकी ललिता शेर्बुजालाई जिताउन म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तराष्ट्रियले विश्वभ रहेका राष्ट्रिय कार्यकारी समिति, म्याग्देलीलाई भोटिङका लागि अपिल गरेको छ ।

मोना अन्तराष्ट्रिका अध्यक्ष ददीवल खड्का, महासचिव सुनेश केसीद्धारा म्याग्देली चेलीलाई मिस नेपाल बनाउने अभियानमा ब्यापक भोटिङ सहितको अभियानमा सहयोग गर्न अनुरोध गरिएको छ ।

‘म्याग्देली चेलीलाई मिस नेपालको ताज पहिरन सहयोग गरौं,विश्वभरबाट भोटिङ गरे सम्भव पनि छ’ महासचिव केसीले भन्नुभयो । यसअगाडी गृहजिल्ला म्याग्दी, बेगखोलाबाट यूके लगायत विश्वभर छरिएका बेगखोलेबासीहरुले अभियान सञ्चालन गरिहेका छन् ।

प्रतियोगिताको विजेता बन्न प्रस्तुतिसँगै भोटिङको जरुरत हुने भएकाले म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं १ बेगखोलाकी शेर्बुजालाई भोटिङ प्रक्रियाबाट जिताउन आर्थिक सहयोग तथा भोटिङका लागि अपिल गरिएको मोना यूकेका पूर्व अध्यक्ष एवम् बेगखोला समाज यूकेका पुर्ब  अध्यक्ष योगकुमार फगामीले बताउनुभयो । मिस नेपालको आयोजक संस्था हिडन ट्रेजर नेपालले मिस नेपाल २०२४ का लागि शेर्बुजालाई भोट हाल्नका लागि भोटिङ कोड १५ रहेको छ ।

मिस नेपालको प्रतिस्पर्धामै रहेको अवस्थामा शेर्बुजाले उत्तरी म्याग्दीमा रहेको अन्नपूर्ण बेसक्याम्प जाने पर्यटकलाई लक्षित गरी दुईबटा शौचालय बनाउनुभएको थियो । मिस नेपाल २०२४ का लागि सामाजिक एवम् मानवीय सेवा, म्याग्दी जिल्लाको कला, संस्कृति, भेषभुषा, रहनसहनको संरक्षण र पर्यटन प्रर्बधनका साथै जिल्लाको सुन्दरताको समेत मिन नेपालमार्फत प्रचारप्रसार गरिरहनुभएकी शेर्बुजाले म्याग्दीको पर्यटन क्षेत्रलाई प्राथमिकता दिएर आन्तरिक तथा बाह्य पर्यटक भित्राउने अभियानमा हुनुहुन्छ ।

मिस नेपालको प्रतियोगिताबाटै मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनल विधामा प्रतिस्पर्धा हुनेछ । ग्राण्ड फिनाले साउन १९ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुने छ ।

भोटिङका लागि डिजिटल वालेट खल्ती डाउनलोड गर्नुपर्नेछ । खल्ती एपमा इन्टरटेनमेन्ट सेक्सनमा गएर भोट अप्सनमा गई मिस नेपालको भोटिङ अप्सनमा गएर भोटिङ गर्न सकिन्छ । मिस नेपाल २०२४ का लागि खल्ती प्रयोगकर्ताले एक भोट सित्तैमा हाल्न पाउनेछन् । साथै केवाईसी भेरिफाई गरिएका खल्ती एपका प्रयोगकर्ताले अर्को एक भोट थप गरी दुई भोटसम्म निशुल्क हाल्न पाउने कम्पनीले जनाएको छ ।

Leave a Reply