CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 100

गण्डकीका यातायात व्यवसायी आन्दोलनमा उत्रेका छन्। राइड सेयरिङको विरोध गर्दै गण्डकीका यातायात व्यवसायीहरूले आजदेखि सार्वजनिक यातायात बन्द गरेपछि म्याग्दी सहित जिल्ला बाहिर जाने यात्रुलाई समस्या भएको छ । ३ दिनअघि सरकारलाई ध्यानाकर्षण गराउँदै शनिवार रातिसम्मको अल्टिमेटम दिएका उनीहरूले आफ्ना माग सुनुवाइ नभएको भन्दै आजदेखि सार्वजनिक यातायात ठप्प पारेको यातायात ब्यवसायीको भनाइ छ ।

म्याग्दीको जिल्लाभित्र र बाहिर चल्ने यातायातका साधानहरु चलेका छैनन् । सर्वसाधारणहरु गन्तब्यमा जान अन्य सवारीसाधनहरु खोजीरहेका छन् ।यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकीका सचिव योगेन्द्र केसीका अनुसार माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताए ।सरकारले अघिल्लो वर्षदेखि नीति तथा कार्यक्रममा नै राइड सेयरिङलाई वैधता दिने समेटेको थियो्।

तर, कानुन र कार्यविधि नहुँदा अघि बढ्न पाएन। यो वर्ष पनि नीति तथा कार्यक्रम र बजेटमा राखिएको छ। सरकारले बिहीवार बसेको मन्त्रिपरिषद् बैठकमा कार्यविधि पास गरेर राजपत्रमा प्रकाशन गर्ने तयारी गरेको थियो।

यातायात ब्यवसायीले ब्यक्तिगत प्रयोजनका लागि खरिद गरेका सवारीसाधनहरु भाडामा लगाएर यातायात ब्यवसायलाई धरासायी बनाउने, यातायात क्षेत्रमा कार्यरत मजदुरलाई विस्थापित गर्ने, न्यूनतम मागलाई समेत बेवास्ता गरेको बताएका छन् ।

Leave a Reply