---Advertisement---

अनेमासंघ म्याग्दीको यूवा भेलाबाट अध्यक्षमा तारा राना चयन

On: July 28, 2024 11:44 AM
Follow Us:

नेकपा एमाले निकट महिला संगठन अखिल नेपाल महिला संघ जिल्ला कमिटी म्याग्दीको यूवा भेलाबाट तारा रानाको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन भएको छ । शनिबार सदरमुकाम बेनीमा सम्पन्न भएको भेलाबाट उपाध्यक्ष भिम कुमारी बिक, सचिव करुणा परियार,सह सचिब मनिषा परियार, कोषाध्यक्ष अमृता बर्देवा रहेका छन् ।

भेलाको अनेमासंघकी केन्द्रिय सचिव नरदेवी पुनले उद्घाटन गदैं यूवाहरुमार्फत पार्टीका विचार संगठित गर्ने र रचनात्मक कार्यहरु गर्नुपर्नेमा जोड दिनुभयो ।

भेलामा नेकपा एमाले गण्डकी प्रदेशभा सदस्य हरिकृष्ण श्रेष्ठ, खरमायाँ विटालु, नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुबेदी, अनेमा संघ म्याग्दीकी अध्यक्ष यसुदा रोका, जिल्ला समन्वय समिति म्याग्दीकी उपाध्यक्ष दिलकुमारी खत्री, नेकपा एमाले म्याग्दीका सचिव थमसरा पुन लगायतको उपस्थती रहेको थियो । भेलाबाट निर्वाचित अध्यक्ष रानाले आफ्नो कार्यकालमा रचनात्मक कार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।