दार्चुलाकी एक किशोरी महाकाली नदीमा हाम फालेर बेपत्ता भएकी छन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्सपेक्टर एवम् प्रवक्ता ज्ञानेन्द्र सिंहका अनुसार शनिबार साँझ करिब सवा ६ बजेतिर दुहु गाउँपालिका-४ थारा बस्ने १७ वर्षीया किशोरी धनिसा कुँवरले महाकाली नगरपालिका-४ रिङ्नेताल भन्ने ठाउँबाट नदीमा हाम फालेकी थिइन् ।

शनिबार साँझ तटबन्धनको पर्खालमा उभिएकी खबर प्रहरीले पाएको थियो । नदी छेउमा धेरै मानिसहरू उपस्थित थिए तर किशोरीले आफूछेउ नआउन चेतावनी दिएकी थिइन् ।

छेल पारेर उनी नजिक पुगेका सुरक्षाकर्मीले समात्नै लाग्दा किशोरी महाकालीमा हामफालेकी हुन् । शनिबार नै उनको खोजी गरिएपनि भेट्न सकिएको थिएन् ।

आइतबार बिहानैदेखि खोजीकार्य भइरहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।

Leave a Reply