---Advertisement---

सिड्नीमा एभरेष्ट ग्लोबल एजुकेशनको शाखा विस्तार

On: July 28, 2024 6:04 PM
Follow Us:

शैक्षिक परामर्श दिने एभरेष्ट ग्लोबल एजुकेशनले अष्ट्रेलिया सिड्नीको रकडेलमा पाँचौ शाखा विस्तार गरेको छ । आइतबार एक समारोहका बिच टिकमायाँ बानियाँ, एभरेष्ट ग्लोबलका अध्यक्ष याम केसी, कार्यकारी प्रमुख धनकुमारी बरुवाल केसीले उद्घाटन गर्नुभयो । अष्ट्रेलियाको पर्थमा मुख्य कार्यालय रहेको एभरेष्ट ग्लोबल एजुकेशनको म्याग्दीको सदरमुकाम बेनीबजार, पोखरा र काठमाण्डौमा समेत शाखा रहेको छ ।

शाखा उद्घाटनको क्रममा एभरेष्ट ग्लोबल एजुकेशनका अध्यक्ष केसीले अनुभवसहितको परामर्शका लागि अवसर दिन अनुरोध गर्नुभयो । ‘हरेक शाखाबाट सेवा लिनेहरु पूर्णरुपमा सन्तुष्ट हुनुहुन्छ, सिड्नीमा रहनुहुने नेपालीको मन जित्ने तरिकाले सेवा दिन्छौ’ अध्यक्ष केसीले भन्नुभयो ।

शाखाको उद्घाटनमा सिड्नी शाखाका निर्देशक सुमन बानियाँ, बेनी शाखा प्रमुख अस्मिता केसी, मोना अष्ट्रेलियाका पदाधिकारी, नेपाली ब्यवसायी, विद्यार्थी लगायतको उपस्थिती रहेको थियो। सिड्नी शाखाका निर्देशक बानियाँले शाखामार्फत अष्ट्रेलिया अध्ययनका लागि आउने विद्यार्थी, नेपाली समुदाय र अन्तर्राष्ट्रिय विद्यार्थीलाईसमेत उचित शैक्षिक परामर्शका साथैं माईग्रेसन, भिसा, ईन्सुरेन्स लगायतका विश्वका अन्य मुलुकका कलेज तथा विश्वविद्यालयका लागि समेत काम गर्ने बताउनुभयो ।

एभरेष्ट ग्लोबल एजुकेशन बेनी शाखाले म्याग्दीमा शैक्षिक परार्मश सँगै विपन्न परिवारका छोराछोरीलाई शिक्षादीक्षामा समेत सहयोग गर्ने गरेको छ ।