---Advertisement---

गलेश्वरको दर्शनका लागि पुग्ने भक्तजनलाई निःशुल्क मिनिरल वाटर

On: July 29, 2024 11:18 AM
Follow Us:

म्याग्दीको बेनी नगरपालिका-९ मा रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई बेनीमा शाखा रहेको बेष्ट वन एजुकेशन एण्ड भिजा सर्भिसेसले निःशुल्क खानेपानी वितरण गरेको छ ।

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा तथा भाषा शिक्षण प्रदान गर्दै आइरहेको बेष्ट वन एजुकेशन एण्ड भिजा सर्भिसेसले साउन महिनाका चारवटै सोमबार गलेश्वरधाम मन्दिरमा दर्शनका लागि पुगेका भक्तजनलाई निशुल्क मिनिरल वाटर वितरण गरेको बेनी शाखाका प्रमुख बिशाल घर्ती क्षत्रीले बताउनुभयो ।

‘शैक्षिक परामर्शसँगै सामाजिक उत्तरदाहित्वका कामलाई पनि प्राथमिकता दिएका छौ, समुदायसँगै काम गर्ने गरी थप रचनात्मक कार्यहरु गर्नेछौ’ शाखा प्रमुख क्षत्रीले भन्नुभयो ।

बेष्ट वन एजुकेशनका प्रमुख सरोज गौतमले म्याग्दीमा भिजा सर्भिसमात्रै नभई शैक्षिक तथा अन्य अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थी र समुदायस्तरमा काम गर्ने बताउनुभयो । ‘मन्दिरमा दर्शन गर्न आउने बृद्धबृद्धा र बालबालिकालाई खानेपानी सेवाले राहत मिलेको छ, आगामी दिनमा पनि यो कार्यलाई निरन्तरता दिन्छौ’प्रमुख गौतमले भन्नुभयो ।

गलेश्वर मन्दिरको प्रवेशद्धार नजिकै बोटल तथा जारबाट खानेपानी वितरणले सहज भएको रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लि. मा धवलागिरी एरिया प्रमुख देबेन्द्र घिमिरेले बताउनुभयो । १५ बर्षदेखि नेपालका विभिन्न क्षेत्रमा शैक्षिक परामर्शदाताको रुपमा सक्रिय रहेको बेष्ट वन एजुकेशन एण्ड भिजा सर्भिसेसले बेनीशाखाबाट आइलटिएस र पिटिइको कक्षा सञ्चालन गरिरहेको छ ।

यसै महिनादेखि जापानीज भाषाको कक्षाको समेत तयारी गरिरहेको बेष्ट वन एजुकेशनले जनाएको छ । यसैबीच गलेश्वर शिवालय क्षेत्र विकास कोषले मन्दिरमा दर्शनका लागि आउने भक्तजनहरुको सुविधा, स्वंयमसेवा सहितक कार्यहरुलाई धन्यवाद दिएको छ