न्यू दोभान युथ क्लवले पूर्व अध्यक्ष स्वर्गिय अनन्त गिरीको स्मृतिमा ’९ ए साइड’ फुटबल प्रतियोगिताको खेल तालिका परिवर्तन भएको छ । म्याग्दीको सदरमुकाम बेनीमा हुने खुल्ला अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगिता बेनी नगरपालिकास्तरीय प्रथम त्रैमासिक परीक्षालाई मध्यनजर गरी अगामी भदौ ८ देखि १० गतेसम्म सञ्चालन गरिने क्लवका अध्यक्ष उपेन्द्र गिरीले बताउनुभयो ।

‘खेलको समय र परीक्षा एकैपटक परेकाले तालिका हेरफेर गरिएको हो, विभिन्न माध्यमबाट सूचना सम्प्रेसन गरिएको छ’ अध्यक्ष गिरीले भन्नुभयो । यसअगाडी भदौ १३ देखि १५ गतेसम्म प्रतियोगिताको खेल तालिका तय गरिएको थियो। विद्यालयस्तरमा छात्रातर्फको फुटबल प्रतिभाको उजागर गर्ने उदेश्यले क्लवले विगत तीनबर्षदेखि प्रतियोगिताको आयोजना गरिरहेको छ ।

प्रतियोगिताको प्रथम र द्धितिय पुरस्कार क्रमश ४५ हजार, २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र सहित पुरस्कारको ब्यवस्था रहेको छ । छात्राहरुलाई फुटबल खेलप्रती आकर्षित गर्ने उद्देश्यले उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षकलाई क्रमश ३ हजार नगद र अनुशासित टिमलाई ५ हजार नगद पुरस्कार समेत रहेको छ । प्रतियोगितामा म्याग्दी, बागलुङ, पर्वतका साथै गण्डकी प्रदेशभित्रका विभिन्न जिल्लाबाट समेत सहभागिता जनाउने आयोजकले जनाएको छ ।

Leave a Reply