म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँट स्थित रिभरसाईड बगरफाँट युवा क्लवले आगामी असोजमा  एक लाख पुरस्कार रासीको दोस्रो रिभरसाईड सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता २०८१ आयोजना गर्नेभएको छ ।

बगरफाँटमा आयोजित क्लबका पदाधिकारी र स्थानीयहरुको भेलाले असोज १७ देखि २० गतेसम्म खुल्ला फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको र सोही अनुसार तयारी सुरु गरिएको क्लवका अध्यक्ष सुनिल थापाले जानकारी दिनुभयो ।

२०७९ सालको चैतमा निकै सानदार रुपले पहिलो रिभरसाईड फुटबल प्रतियोगिता आयोजना गरेको क्लवले यस वर्षको प्रतियोगितालाई अझै भव्य र व्यापक बनाउनका लागि दुई महिना अघिदेखि नै तयारी सुरु गरेको छ । सामाजिक कार्य,पर्यटन र खेलकुद क्षेत्रमा सक्रिय यहाँका युवाहरु दुई महिना अघिदेखि नै प्रतियोगिताको तयारीमा जुटेका छन् । प्रतियोगितामा प्रथम पुरस्कार रु एक लाख एक हजार १० नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र रहेको छ ।

त्यसैगरी द्धितीय पुरस्कार रु ५० हजार,पाँचसय पाँच सहित ट्रफी,मेडल र प्रमाणपत्र रहेको छ भने अनुशासित टिमलाई रु ६ हजार र ट्रफी,उत्कुष्ट खेलाडी,सर्वाधिक गोलकताृ,उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलरक्षकलाई रु २ हजार ५ सय नगद सहित टफी पुरस्कार रहेको जनाएको छ । त्यसैगरी पहिलो चरणदेखि क्वाटर फाइनलसम्म प्रत्येक खेलका विजेतालाई रु एक हजार पाँचस सय नगदर र सेमिफाइनबाट बाहिरिने टिमलाई रु चार हजार पुुरस्कार रहेको अध्यष थापाले जानकारी दिनुभएको छ । नाम दर्ताका लागि अन्तिम मिति असोज १५ गतेसम्म तोकिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

यसैगरी क्लवले हालसम्मको आम्दानी खर्चको विवरण समेत सार्वजनिक गरेको छ । क्लवको हालसम्मको आम्दानी रु १७ लाख २६ हजार एकसय ८७ रहेको छ भने जम्मा खर्च १३ लाख १४हजार,चार सय २४ रहेको छ । त्यसैगरी उठ्न बाँकी रकम ६४ हजार रहेको छ । हालसम्म क्लवको कुल वचत रकम रु तीनलाख ४७ हजार सात सय ६३ रहेको जनाइएको छ । फुटबल प्रतियोगितामा रु १० लाख बढी खर्च हुने अनुमान गरिएको क्लवका अध्यक्ष थापाको भनाइरहेको छ ।

‘अहिले हामी आर्थिक श्रोत जुटाउने अभियानमा छौं,सबैतिरबाट हामीलाई राम्रो प्रतिक्रिया प्राप्त भैरहेको छ‘अध्यक्ष थापाले भन्नुभयो ‘खेलकुदको माध्यमद्धारा हामीले समाजलाई संगठित बनाउने र देश विदेशमा चिनाउने लक्ष्य लिएका छौं ।’

‘हामीलाई विदेशमा रहनुभएका अग्रज दाइहरु र साथीहरुबाट आवश्यक सहयोग र मार्गदर्शन प्राप्त भइरहेको छ,उहाँहरुको साथ र सहयोगले नै हामीका केही गरौं भन्ने भावना विकसित भएको हो’ रिभरसाइड युवा क्लवका सल्लाहाकार एवम् बगरफाँटका सक्रिय युवा नारायण थापाले बताउनुभयो । बगरफाँट खेलाडीहरुको गाउँ पनि हो ।

यहाँका युवाहरु जिल्ला र प्रदेश स्तरका विभिन्न खेलकुद प्रतियोगितामा पुरस्कृत र सम्मानित हुदै आएका छन् । पछिल्लो समय बगरफाँटका युवाहरु संगठित भै खेलकुदका साथै अन्य सामाजिक,गाउँलाई पर्यटकीय गाउँ बनाउने अभियानका साथै जनचेतनामूलक कामहरुमा लागेका छन् ।

समाजमा कुनै अप्रिय घटना घट्दा होओस् वा कसैलाई सहयोगको आवश्यकता पर्दा,विवाह ब्रतब्रन्धजस्ता मांगलिक कार्यहरु गर्दा होओस् वा दैवि विपत्ति र प्राकृतिक प्रकोपजस्ता घटनाहरु आइपर्दा यहाँका युवाहरुले नै अगुवाइ गर्ने गरेको स्थानीय पाका व्यक्तिहरुको भनाइरहेको छ । असोजमा आयोजना हुन लागेको दोस्रो रिभरसाइड फुटबल प्रतियोगिता गाउँको प्रतिष्ठासँग जोडिएको प्रतियोगिता पनि भएकोले समाजका हरेक व्यक्तिहरुलाई आवश्यक सहयोग र सरसल्लाहाका लागि यहाँका युवाहरुले आग्रह गरेका छन् ।

Leave a Reply